काभ्रे जिल्ला प्याब्सन अध्यक्षमा पूर्णकुमार श्रेष्ठ

काभ्रे, २२ माघ । पनौतीस्थित सामुदायिक बोडिङ स्कुलका प्रिन्सिपल पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय प्याब्सन काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति चयन भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १३ औं जिल्ला अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा सरोज न्यौपाने (नवप्रतिभा इङ्लिश स्कुल), उपाध्यक्षमा महेन्द्र थिङ्ग (मिडल्याण्ड इङ्लिश स्कुल) र भरतबहादुर केशी (गोल्डेन सिद्धार्थ एकेडेमी) छानिएका हुन् ।

शनिबार सम्पन्न अधिवेशनबाट सचिवमा सुजेन्द्र श्रेष्ठ (ग्रेसल्याण्ड इङ्लिश स्कुल), कोषाध्यक्षमा वसन्तराज नेपाल (काभ्रे इङ्लिश माध्यमिक विद्यालय) र सहकोषाध्यक्षमा इन्दु थापा (केलर इन्टरनेशनल स्कुल) चयन भएका छन् ।

त्यस्तै सहसचिवमा छविरमण पराजुली (वेव ग्रिण्डल्याण्ड इङ्लिश स्कुल) र सुशिला पौडेल (धुव्र तारा इङ्लिश स्कुल) र सदस्यमा दीपेन्द्र विष्ट (बाग्मति इङ्लिश स्कुल), अर्जुन थापामगर (एभरेष्ट ऐकेडेमी), युगबहादुर पन्त (न्यू लिटील स्टार इङ्लिश स्कुल) र रविन्द्र बुढाथोकी (ज्ञानसरोवर इङ्लिश स्कुल) छानिएका छन् ।

यस्तो छ, अध्यक्ष श्रेष्ठको १० प्रतिबद्धता:

:345 Views

Leave a Reply