ग्ल्याडस्टोनमा अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न

मध्यपुर थिमि, २२ माघ । मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ।
गत माघ १५ गतेदेखि सञ्चालित प्रतियोगिता २१ गते सोमबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरि समापन गरिएको हो।कुल १०६ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा ३२ स्वर्ण पदक, ३० रजत र २९ कास्य सहित बोसन सदन प्रथम हुनाको साथै हाउस अफ द इयरको ट्रफी उचाल्न सफल भयो। बोसन सदनलाई पछ्याउँदै वायरन सदन २६ स्वर्ण, २२ रजत र २९ कास्य पदक सहित दोस्रो हुन सफल भएको छ। निक्कै प्रतिस्पर्धामक प्रतियोगितामा २६ स्वर्ण, २० रजत र २९ कास्य पदक सहित हार्डन सदन तेस्रो भयो भने २२ स्वर्ण,३० रजत र २३ कास्य सहित लेप्टन सदन सान्त्वनामा चित्त बुझाउन बाध्य भयो।
अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा आयोजित प्रतियोगिताका खेलहरु विद्यालयको आफ्नै खेलमैदान, मध्यपुर युथ एशोसियसन र नर्थ पोइन्ट फुटसल बोडेमा सञ्चालन गरिएको थियो ।करिब १०५० खेलाडी विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको अन्तिम दिन पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले पढाइसँगै खेलकुदलाई पनि उत्तिकै महत्त्व दिई अगाडि बढ्न खेलाडीहरूलाई सुझाव दिनु भयो।खेलले शारीरिक तथा मानसिक विकासमा गुणात्मक परिवर्तन ल्याउने भएकाले विद्यालयले खेललाई पनि महत्वपूर्ण स्थान दिइएका बताए।
साथै उहाँले सफलतापूर्वक खेल सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यार्थी, शिक्षक, कर्मचारी, शुभेच्छुक सबैलाई धन्यवाद दिदै सबैको कामको सराहना गरेका थिए।

:380 Views

Leave a Reply