बेबिलोनमा खाना पकाउने प्रतियोगिता

काठमाडौं । बेबिलोन नेशनल स्कूल शान्तिनगर अन्तर्गत गठन भएको बेबिलोन स्काउट ट्रुपमा आवद्ध स्काउटहरुबीच खाना पकाउने प्रतियोगिता आयोजना गरिएको छ ।
अनुशासित, मितव्ययी, आत्मनिर्भर र स्वावलम्वी बनाउने शैक्षिक अभियान ‘स्काउट’ शिक्षा लिएका विद्यार्थीवीच उनीहरुले सिकेको कुरा व्यवहारमा उतार्न खाना पकाउने प्रतियोगिता आयोजना गरिएको हो ।
विद्यालय हातामा उनीहरुले पकाएको स्वादिष्ट परिकार विद्यालयका प्रिन्सिपल राजु राई, भाइस प्रिन्सिपल रीता राई, विद्यालय—अभिभावक संयोजक कमला केसी, स्काउट गुरु रञ्जनलाल श्रेष्ठ लगायत शिक्षकहरुले चाखेर उनीहरुको खाना पकाउने कलाको मुल्यांकन गरेका थिए ।
विजयी स्काउट टोलीलाई पुरस्कारको साथै खाना पकाउने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई कुकिंग ब्याच दिइएको छ । बेबिलोनका स्काउटहरु विभिन्न सामाजिक कार्यमा पनि सहभागी हुँदै आएका छन् ।
:417 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव