भूकम्पले भत्काएका विद्यालयहरूको के छ अवस्था?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक इमनारायण श्रेष्ठका अनुसार भूकम्पले भत्काएका विद्यलयका अहिलेसम्म १६ हजार एक सय ६० कक्षाकोठाको पुनर्निर्माण भइरहेको छ । १४ हजार ६ सय ७१ कक्षाकोठा भने निर्माणाधीन छन् । दुई हजार ६ सय चार कक्षाकोठा निर्माणका लागि छनोट मात्र भएका छन् ।
त्यस्तै, अहिलेसम्म एक हजार नौ सय ९० विद्यालय निर्माणाधीन छन् । निर्माणका लागि छनोट मात्र भएका विद्यालयको संख्या मात्र तीन सय ७७ छ ।
उनले उपलब्ध गराएको तथ्याङ्क हेर्दा भूकम्पले भत्काएका ५० प्रतिशतको हाराहारीमा मात्र विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति पुगेका सात हजार नौ सय २३ मध्ये चार हजार ८९ विद्यालय पुनर्निर्माण भएका हुन् । भूकम्पबाट २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा क्षति भएका थिए । त्यस्तै, १२ हजार पाँच सय २२ कक्षाकोठामा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठामा आंशिक क्षति भएको थियो ।
भूकम्पले भत्काएकामध्ये ६ सयभन्दा बढी विद्यालय निर्माण अन्योलमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । भवन बनाउन जग्गाको अभाव र विद्यार्थी संख्यासमेत अत्यन्तै न्यून भएका कारण निर्माण अन्योलमा परेको इकाइ प्रमुख श्रेष्ठले बताए । उनका अनुसार कतिपय विद्यालयको नाममा जग्गा छैन, कतिपयको जग्गा कम भएकाले भवन बनाउन नपुग्ने अवस्था छ । त्यसैगरी कतिपय विद्यालयको जग्गा भए पनि भवन बनाउन उपयुक्त छैन । केही विद्यालय पाखामा भएकाले भवन बनाउन जोखिमपूर्ण छ । केही जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले त्यस्ता ठाउँमा विद्यालय निर्माणसमेत उपयुक्त नभएको श्रेष्ठको भनाइ छ ।
विद्यालय पुनर्निर्माणका लागि विभिन्न दाताहरूको भर नपरी सुखै छैन । दाताहरूले पनि विभिन्न बहाना बनाउँदा अहिले पनि विद्यार्थीहरू भूकम्पले चिरा परेको कोठामा, रातो स्टिकर लागेको भवनमा बसेर अध्ययन गर्न बाध्य छन् ।
इकाइका अनुसार भारतीय अनुदान सहयोगमा निर्माण हुने भनिएका सात जिल्लाका ७० विद्यालयको निर्माण प्रगति भने शून्य छ । भारतले गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रसुवा र काभ्रेमा १०–१० वटा विद्यालय बनाउने सम्झौता गरेको थियो । तर, अहिलेसम्म एउटा विद्यालयको पनि निर्माण कार्य सुरु भएको छैन । इकाइका अनुसार भारतीय दूतावासमा डिपिआर पठाएका १३ मध्ये नुवाकोटका पाँच र गोरखाका तीन विद्यालयको टेन्डर प्रकाशनका लागि स्वीकृति प्राप्त भएको छ ।
यता चीनको सहयोगमा निर्माण हुने भनिएका सात विद्यालयको अवस्था पनि उस्तै देखिएको छ । जसको निर्माणमा तीन अर्ब लाग्ने अनुमान छ । काठमाडौंको दरबार हाइ स्कूल (भानु मावि) को निर्माण सुरु भएको छ ।
सरकारी निकायबीचको विवादका कारण चीनले निर्माण सुरु गर्न सकेको थिएन । चिनियाँ टोलीले सिन्धुपाल्चोक, रसुवा र दोलखाका दुई–दुईवटा विद्यालय निर्माण गर्दैछ । उपत्यकाबाहिरका विद्यालयको पनि लचकता अध्ययन गरिसकेको जनाएको छ ।
:555 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव