ललितपुर महानगर प्याब्सन अध्यक्षमा रामबाबु अधिकारी

ललितपुर, २७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुर महानगरको अधिवेशनबाट ज्ञानसिका स्कुलका प्रिन्सिपल रामबाबु अधिकारी अध्यक्षमा चुनिएका छन् ।
त्यस्तै उपाध्यक्षमा युनिक ऐकेडेमीको प्रिन्सिपल इन्दिरा पौडेल र वेद स्कुलका प्रिन्सिपल कनैया सिङ कुवर छानिएका हुन् ।
अधिवेशनबाट सचिवमा हिरा बहादुर महर्जन (प्रेरणा विद्धाश्रम), कोषाध्यक्षमा अमित महर्जन (विलियम पब्लिक स्कुल), सहसचिवमा गोविन्द्र हुमागाई (नवविद्या मन्दिर) र सहकोषाध्यक्षमा पुनम तुलाधार (सिद्धार्थ स्कुल) निर्वाचित भएका थिए ।
त्यस्तै सदस्यहरुमा सञ्जिव वालमिकि (प्रभाव तारा स्कुल), सचिन महर्जन (सुपरभिजन ऐकेडेमी), रामप्रसाद न्यौपाने (पिपुल्स स्कुल), कृष्ण श्रेष्ठ (आइडियल मोर्डन स्कुल), विजय महर्जन (नव सूर्योदय स्कुल), विद्या माली (हाइल्याण्ड स्कुल) र शान्ति खड्का (किड्सल्याण्ड स्कुल) छानिएका छन् ।
माघ २४ गते बिहिबार भएको अधिवेशनबाट १५ सदस्यीय समितिको गठन भएको थियो ।
:743 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव