पूर्व प्राथमिक विद्यालयको अभाव पूर्ति गर्न आयो राजस्वि पाठशाला

भक्तपुर, २७ माघ । आज शिक्षा संकायका पूर्व डिन पृथुचरण वैद्यद्वारा निकोसेरा तहाचो, मध्यपुर न.पा.स्थित राजस्वि पाठशालाको समुद्घाटन गर्नुभयो । शिक्षामा हुँदै आएको नयाँ सोच र अनुसन्धानबाट प्रतिपादित विभिन्न पद्धति मध्ये मन्टेश्वरी एक चर्चित मध्य हो । मन्टेश्वरी भन्दै खेलाउने मात्र उचित नभई आवश्यक समयको अन्तरालमा विसराम आवश्यक हुन्छ । राष्ट्रिय पाठ्यक्रम अनु्सार मौलिक, हस्तनिर्मित पाठ्यसामग्रीको महत्वपूर्ण स्थान हुन्छ । शिक्षण जगतमा सदैव अध्ययनको बानी वसाल्नु पर्ने तथा नयाँ खोज र अनुसन्धानात्मक कार्यले मात्र बालबच्चाको भविष्य राम्रो गर्न सकिने वैद्यले बताए ।
पूर्व प्राथमिक स्कूलका ईन्चार्ज संगीता गोराले राजस्वि एक पूर्ण मन्टेश्वरी रहेको, आफ्ना बालबच्चालाई विद्यालय भर्ना पूर्व धेरै चोटी सोच्नु पर्ने, माटो मलिलो मै आवश्यकीय आकृतिको निम्ति उचित बल लगाए मात्र उचित आकार दिन सकिने हुनाले बालबच्चाको भविष्यमा अहिले गरेको सानो गल्ति भविष्यमा ठूलो समस्या हुनसक्ने बताउँदै सहभागी सम्पूर्ण आगन्तुकहरूलाई स्वागत गरेका थिए ।
प्रस्तावित प्रधानाध्यापक कान्ति के.सी.ले बालबच्चाको शिक्षाहरूको भविष्यलाई मात्र नभई त्यससँग जोडिएको परिवार समाज र राष्ट्रकै लागि हुने, बालबच्चालाई घोकेर पढ्ने नभई खेलेर, गरेर, हेरेर, महसुस गरी रमाउँदै सिकाउने वातावरण यस राजस्वि पाठशालामा रहेको बताए । पूर्ण रूपमा शिक्षाक्षेत्रमा रहेको शिक्षक समूहले यस पाठशालाको व्यवस्थापन समालेको हुनाले अभिभावक ढुक्क भई भर्ना गर्न अनुरोध गरे । साथै यो शुभारम्भ वर्ष विविध छुटको व्यवस्था पाठशालाले गरेको हुँदा समयमै आफ्ना बालबालिकाको सिट सुरक्षित गरी छुटको लाभ उठाउन अनुरोध गरे ।
सञ्चालक समितिको संयोजक राजेश भोय्द्योले यस पाठशालाको भौतिक व्यवस्थापनमा आएका विविध कठिनाईसँग जुध्दै आज यस श्रीपञ्चमीको अवसरमा शुभारम्भ समारोह गर्ने सम्पूर्ण व्यक्ति, संघ–संस्था, सहकारी निकाय, टोल छिमेक लगायतलाई व्यक्तिगत र पाठशालाको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । भक्तपु्रमा पूर्ण मन्टेस्वरी तरिकाबाट उचित वातावरण, खेलमैदान, ल्याव, भ्रमण सहित पूर्ण शारीरिक तथा मानसिक रूपमा सुरक्षित पूर्व प्राथमिक विद्यालयको अभाव यस पाठशालाले पूर्ति गरेको बताए । सार्थ योजना अनुुसारको अन्य भौतिक निर्माणमा प्रकृतिक तथा भौतिक कठिनाइको कारण शुभारम्भ मितिसम्म गर्न नसकेको तर अर्को शैक्षिक शत्रसम्ममा स्विमिङ पुल, कृतिम चिडियाखाना, विभिन्न खेतिपाती तथा करेसाको प्रयोगात्मक स्थल, जंगलको व्यवस्थापन गर्ने बताए ।

:989 Views

Leave a Reply