नेपालमै पहिलो र नौलो उदाहरण : ‘अभिभावकलाई घरघरमै युरो किड्सको प्रशंसापत्र’

भक्तपुर, २० पौष । अन्तर्र्रािष्ट्रय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट गत मंसीरमा ‘उदाउँदो केन्द्र’ को रुपमा पुरस्कृत भक्तपुर युरो किड्सले आफ्ना अभिभावकहरुलाई घरघरमै गएर धन्यवाद सहितको प्रशंसापत्र वितरण गरेको छ ।
अभिभावकहरुको विश्वासको उच्च कदर गर्दै विद्यालयका पदाधिकारीहरु घरघरमै गएर अभिभावकहरुलाई धन्यवाद सहितको प्रशंसापत्र दिएको यो नै संभवत नेपालको पहिलो र नौलो घटना हो ।
भक्तपुर युरो किड्स एजुकेशनल इन्स्टिच्युट प्रालिद्वारा सल्लाघारीमा सञ्चालित भक्तपुर युरो किड्समा आफ्ना छोराछोरी र नातिनातीनी भर्ना गरेर छोटो समयमै अन्तराष्ट्रियस्तरको पुरस्कार जित्न सफल भएकोमा विद्यालयले घरघरमै गएर धन्यवाद दिँदै अभिभावकहरुलाई प्रशंसापत्र दिएको हो ।
भक्तपुर युरो किड्स एजुकेशनल इन्स्टिच्युट प्रालिका कार्यकारी अध्यक्ष सुनेत्र प्रधानाङ्ग, प्रिन्सिपल ज्योति क्षेत्री र निर्वतमान प्रिन्सिपल विनु गोदार थापाले विद्यार्थीको घरघरमै गएर अभिभावकहरुलाई प्रशंसापत्र दिएर धन्यवाद ज्ञापन गरेको हो ।
अभिभावकहरुले विश्वास गरेर आफ्ना वालवालिकालाई भक्तपुर युरो किड्समा पढ्न पठाएर सहयोग गरेकोले नै विद्यालयले स्थापनाको ३ वर्षको छोटो अवधिमै युरो किड्स इन्टरनेशनलबाट ‘उदाउँदो केन्द्र’ को रुपमा पुरस्कृत भएको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए ।
‘विद्यालयले स्थापनाको छोटो अवधिमै यो पुरस्कार पाउनुमा अभिभावकहरुको महत्वपूर्ण योगदान छ, त्यसैले हामीले सबै विद्यार्थीका अभिभावकलाई घरघरमै गएर उहाँहरुलाई धन्यवाद सहितको प्रशंसापत्र प्रदान गरेका हौं’—प्रवन्ध निर्देशक काफ्लेले भने । प्रवन्ध निर्देशक काफ्लेका अनुसार विद्यार्थीका घरघरमा पुगेको विद्यालय पदाधिकारी टोलीले अभिभावकहरुको सुझाव संकलन पनि गरेको थियो ।
यसैवीच भक्तपुर युरो किड्स सल्लाघारीको हातामा २ दिने ‘युरो कार्निभल’ आयोजना गरिएको छ । विद्यार्थी, उनीहरुका अभिभावक तथा सर्वसाधारणलाई लक्षित गरि आयोजना गरिएको सो कार्निभलमा हस्तकला प्रदर्शनीदेखि मनोरञ्जनात्मक, ज्ञानवद्र्धक स्टलका साथै खानेकुरा र खेल्नेकुराका स्टलहरु राखिएको थियो ।
:839 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव