विद्यार्थीलाई मोबाइल दिने कि नदिने?

उनी प्राथमिक विद्यालयकी शिक्षक । परीक्षाका कापी जाँच्दै थिइन् । कापी जाँच्दाजाँच्दै उनको आँखाबाट आँसु बग्न थाले । नजिकै ढल्किएर टीभी हेरिरहेका उनका पतिले आँसु झर्नाको कारण सोधे ।
शिक्षक निक्कै बेरसम्म केही बोलिनन् । पतिले पुनः दोहोर्याएर रुनुको कारण सोधपछि उनले भनिन्, ‘मेरो सबैभन्दा ठूलो इच्छा’ शीर्षकमा मनमा लागेका कुरा लेख्न भनेकी थिएँ, एउटा बच्चाले आफ्नो इच्छा प्रकट गर्दै लेखेछ, ‘ भगवानले मलाई टीभी बनाइदिऊन् ।’
यो सुनेर पति हाँसे । तर शिक्षक थप गम्भीर भइन् र भनिन्, ‘ त्यतिमात्रै कहाँ हो र, अरु सुन्नुस् न ।’ उनी कापी पढ्दै गइन् । ‘यदि म टीभी बन्न सके भने घरमा मेरो पनि आफ्नै ठाउँ हुन्छ । घरका सबै मान्छे मेरो वरिपरि झुम्मिने छन् । जब म बोल्छु, त्यतिबेला सबैले ध्यानर्पूवक सुन्नेछन् । मलाई कसैले पनि गाली गर्ने, हप्काउने छैन । म टीभी बनेँ भने बाबा अफिसबाट आउँदा जति नै थाकेको भए पनि मेरो छेउमा बस्नुहुनेछ । आमा टाउको दुखको बेलामा पनि मेरो नजिकै आएर बस्नु हुनेछ । दिदी र दाजुहरू बीच मेरो नजिक को बस्ने भनेर होडबाजी चल्नेछ । त्यतिमात्र होइन, बन्द भएको बेलामा पनि सबैले मेरो हेरचाह गर्नेछन् । टीभी हुनसके मैले सबैलाई सजिलै खुशी पार्न सक्नेछु ।’
यो विवरण सुनिसकेपछि पति महोदय गम्भीर भए । उनको मुखबाट निस्कियो, ‘ विचरा बच्चो, सारै अभागी रहेछ । उसका बाबु–आमाले पटक्कै वास्ता गर्दैनन्, जस्तो छ । विचरा !’
यतिबेरसम्म गहभरी आँसु पारेर पतिको कुरा सुनिरहेकी शिक्षक–पत्नीले भक्कानिँदो स्वरमा भनिन्, ‘तपाइँलाई थाहा छ, त्यो बच्चा को हो ?…. हाम्रो….. हाम्रो छोरो…… हाम्रो सानु ।’
दुई वर्षसम्मका बालबालिकालाई स्क्रिन नदेखाउने र दुईदेखि पाँच वर्षका लागि दिनको बढीमा एक घन्टा मात्रै स्क्रिनमा बिताउन दिन भनिएको छ । पाँच वर्षको उमेरपछि भने दैनिक विद्यालय, गृहकार्य, कम्तीमा एक घन्टाको शारिरीक क्रियाकलाप अनि ८ देखि १२ घन्टाको सुताइबाट बाँकी रहेको समय अभिभावकको निगरानीमा स्क्रिनलाई दिन सकिने सुझाव दिइएको छ ।
सन् २०१६ मा बालरोग विशेषज्ञहरूको अमेरिकी संस्था एएपीले बालबालिकालाई कति समय स्क्रिन (टिभी, कम्प्युटर वा मोबाइल) मा बिताउन दिने भन्ने बारेमा नयाँ सुझाव प्रकाशित गर्यो । सो अनुसार दुई वर्षसम्मका बालबालिकालाई स्क्रिन नदेखाउने र दुईदेखि पाँच वर्षका लागि दिनको बढीमा एक घन्टा मात्रै स्क्रिनमा बिताउन दिन भनिएको छ । पाँच वर्षको उमेरपछि भने दैनिक विद्यालय, गृहकार्य, कम्तीमा एक घन्टाको शारिरीक क्रियाकलाप अनि ८ देखि १२ घन्टाको सुताइबाट बाँकी रहेको समय अभिभावकको निगरानीमा स्क्रिनलाई दिन सकिने सुझाव दिइएको छ ।
मोबाइल फोन र कम्प्युटरको ज्यादा प्रयोग गर्ने विद्यार्थीमा निद्राको समस्या, चिन्ता र डिप्रेशनको समस्या देखिनुका साथै भविष्यमा सामाजिक अन्तरक्रिया र सम्बन्धमा समेत प्रभाव पार्न सक्ने प्रारम्भिक अध्ययनले देखाएका छन् । यद्यपि, गृहकार्य गर्न वा अध्ययनका लागि गरिने मोबाइल फोन वा कम्प्युटरको प्रयोगलाई भने सामान्यतया अत्यधिक प्रयोगमा गणना गरिँदैन ।
अमेरिकी मनोवैज्ञानिकहरूको संस्था एपीएले सन् २०१३ मा मनोरोगहरूको सूची अद्यावधिक गर्ने समयमा अत्यधिक इन्टरनेट प्रयोगलाई राख्ने कि नराख्ने लामो छलफल नै चलायो । दुई दशकपछि अद्यावधिक गरिएको नयाँ सूचीमा यथेष्ट प्रमाण र अध्ययनको अभावका कारण इन्टरनेट कुलतलाई नराखिए पनि अब अर्को पटक सो सूची अद्यावधिक गर्दा इन्टरनेटको कुलतलाई मनो समस्याका रूपमा राखिने निश्चितप्राय छ । किनभने अमेरिका र युरोपमा प्रत्येक १० मध्ये एकजनालाई अत्यधिक इन्टरनेटको समस्या छ भनिन्छ ।
:1768 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव