विनायकमा विज्ञान तथा इको प्रदर्शनी

भक्तपुर, २९ माघ । भक्तपुरको थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलको विज्ञान तथा इको प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालय पढाईमा मात्र अब्बल नभएर अन्य क्रियाकलापहरुमा पनि विनायकलाई उत्कृष्टमा राख्न यस्ता कार्यक्रम गरिरहेको बताए । उनले यस्ता कृयाकलापले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुनुका साथै जिज्ञासु प्रकृति बढ्ने र बढीभन्दा बढी ज्ञान आर्जन हुनेमा जोड दिए ।
सोमवार विद्यालयको प्राङ्गणमा भएको उक्त प्रदर्शनीमा खेर गएका सामाग्रीहरुको पुन प्रयोग र विज्ञान प्रदर्शनी तर्फ विद्यार्थीहरुले आफूले आर्जन गरेका विज्ञानका विभिन्न सिद्धान्तमा आधारित प्रयोग प्रस्तुत गरिएका थिए ।
कक्षा ४ देखि १० सम्मका करिब ५० विद्यार्थीका समुहले आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रममा इको प्रदर्शनी जुनियर समूहतर्फ बार्बि पहिलो, मास्टरमाइन्ड दोस्रो, फाइभ स्टार तेस्रो भएका थिए । त्यस्तै विज्ञान जुनियर समूहतर्फबाट साइन्च फिक्सन प्रथम, आरजिए द्वितीय र मेसि तृतीय भएका थिए ।
सिनियर इकोतर्फमा जेपिएस पहिलो, लिजेन्ट्स गल्र्स दोस्रो, कन्स्टिलेशन समूह तेस्रो हुन सफल भएको थियो । त्यसैगरी सिनियर विज्ञानतर्फ जेपिएस् समूह प्रथम, द गुप्र अफ लेजेन्ट्स द्वितीय र साइन्टिफिक् माइन्ड तृतीय भएको थियो ।
:792 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव