बालबालिका

घर परिवारमा खुसीयाली लिएर जन्मेका
भन्छन् सबैले उनीहरूलाई बालबालिका

फुलको कोपिला झैँ विस्तारै बढ्छन्
आफ्नो हाँसोले सबैलाई हसाउँछन्

खुसी हुन्छन् केही कुरा देख्दा नयाँ
उनीहरूलाई लाग्छ सबैमा माया

जसरी चल्छ हावा सिरीसिरी
यिनीहरू डुल्दै उफ्रन्छन् घरीघरी

केही कुरा बोल्न र भन्न गर्दैनन् संकोच
यिनीहरू जन्मेका लिएर रचनात्मकताको सोच

बालबालिकाहरू हुन भविष्य निर्माता
सबैले भन्छन् उनीहरूलाई आफ्ना विधाता

हुन्छ उनीहरूसँग दया र प्रेमले भरिएको मन
त्यसैले गर्नुहुँदैन बाल अधिकारको हनन् ।

कक्षा ९
ब्राइटस्टार सेकेन्डरी स्कूल, हरिसिद्धि, ललितपुर

:1008 Views

One thought on "बालबालिका"

  1. Ranjit says:

    Dherai ramro, maan chuney kabita ❤❤

Leave a Reply