एसइईलाई व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन

काठमाण्डौं, १ फागुन । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा कक्षा १० (एसइई) को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालयमा एसइईको परीक्षाको तयारीका बिषयमा बिभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने बताउँदैं प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
बैंठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले यस वर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी दिदैं भने,‘यस बर्ष प्रदेशगत रुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । त्यस्तै उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गरिने छ ।’
एसइई परीक्षा चैंत्र १० गतेदेखी शुरु हुँदैंछ ।
:609 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव