‘नगरका सबै विद्यालयमा जन्मदिन कोष राख्नु आवश्यक’

भक्तपुर, १ फागुन। भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरका सम्पूर्ण ९२ स्कुलहरुमा जन्मदिन कोष राखिनु आवश्यक रहेको बताएका छन्।
मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलको ३६ औँ वार्षिकोत्सव समारोहमा स्कुलले आफ्नो स्कुलको जन्मदिन कोषबाट दुर्गमका सामुदायिक स्कुलमा पुस्तक वितरण गरेको सन्दर्भमा नगर प्रमुख प्रजापतिले नगरका सबै स्कुलले जन्मदिन कोष बनाएर त्यस रकमले केही राम्रा काम गर्न सकिने सुझाव दिएका छन्।
त्यस्तै गरी स्कुलले फोहोर संकलन गरी बिक्रि गरेको पैसाले दुर्गम स्कुलमा स्टेशनरी समाग्री सहयोग गरेकोमा नगर प्रमुख प्रजापति भन्छन्, ‘नगरको समस्याका रुपमा रहेको फोहोर नगरको आम्दानी बन्न सक्ने रहेछ।’
स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयले विद्यार्थीको स्वभाव, क्षमता अनुसारको व्यवहार गर्ने गरेको बताउँदै भने, ‘हामीले नैतिक, व्यवहारिक तथा सिपयुक्त शिक्षा दिन र नानीहरुको अन्तर्निहित क्षमताको पहिचान गरी त्यसलाई बृद्धि गर्ने कार्यक्रम गर्दै आइरहेका छौँ।’
वि.स २०६६ सालबाट सुरु गरेको जन्मदिन कोषबाट अहिलेसम्म १४ जिल्लाका १४ विद्यालयहरुलाई पुस्तक प्रदान गरिएको स्कुलले जानकारी दिएको छ।
कार्यक्रममा यो वर्षको जन्मदिन कोषबाट स्याङ्जा जिल्लाको हिमाली माध्यमिक विद्यालय र डोटी जिल्लाको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयलाई प्रति विद्यालय रु दुई लाख १६ हजार पाँच सय एकचालिस बराबरको पुस्तकहरु वितरण गरिएको थियो। त्यस्तै फोहोर बिक्री गरिएको रकमबाट १० हजार पाँच सयको स्टेशनरी सामाग्री हिमाली मावि र पन्ध्र हजार सात सय ५० बराबरको स्टेशनरी सामाग्री पद्म माविलाई प्रदान गरिएको थियो।
पद्म स्कुलकी प्रधानाध्यापक गीता जोशीले केही निजी स्कुलले पुरस्कार दिन गार्हो मानी खेलकुद नै नगराउनेमा एभरेस्टले यसरी दुर्गम जिल्लाका विद्यार्थीलाई पुस्तक वितरण गरिएकोमा खुसी व्यक्त गरिन्।
वार्षिक उत्सवको अवसरमा कक्षा १० बाट छात्रा गृष्मा खत्री र छात्र बिजेश प्रजापतिलाई उत्कृष्ट विद्यार्थीको अवार्ड दिइएको थियो ।
कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तृत गरेका थिए ।
:945 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव