ललितपुर जिल्ला प्याब्सन अध्यक्षमा राधेकृष्ण महर्जन

ललितपुर, १ फागुन । सेन्टपल माध्यमिक विद्यालयका प्रिन्सिपल राधेकृष्ण महर्जनको अध्यक्षतामा ११ सदस्यीय प्याब्सन ललितपुर जिल्ला कार्यसमिति चयन भएको छ ।
महर्जन अध्यक्षमा चुनिएपछि आफ्नो योजना सुनाउँदै भने, ‘मेरो २ वर्ष कार्यकालमा संगठनलाई सुदृढीकरण, आर्थिक सवलीकरण र पारदर्शि गर्ने छु ।’ उनी विद्यालयका तला थप्ने कार्यलाई सम्पन्न गर्ने योजनामा छन् । त्यस्तै विद्यालयमा भइपरि आउने कोषको स्थापना गर्ने उनले जानकारी दिएका छन् ।
माघ २९ गते सम्पन्न निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कोे १४ औं जिल्ला अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ज्वालादेवी विद्या मन्दिरका प्रिन्सिपल विष्णु कुमार बस्नेत चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा विनिता मैया नकर्मी (होराइजन मा.वि), अर्जुन महर्जन (पिस गार्डेन मा.वि), ताराप्रसाद खनाल (भ्याली पब्लिक मा.वि) र सचिवमा निरोज महर्जन (अनल ज्योती मा.वि) छानिएका छन् ।
अधिवेशनबाट कोषाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ (हाई भ्यु ईङ्लिश सकेण्डरी स्कुल), र सहसचिवमा जमुना महर्जन (निहारिका मा.वि), राम डंगोल (मदरल्याण्ड मा.वि), शशी सरस्वती श्रेष्ठ (माउण्ट हर्मन मा.वि) र सहकोषाध्यक्षमा सुशिल थापा (बालबाटिका स्कुल) निर्वाचित भएका छन् ।
:1201 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव