अर्किड कप फुटबल प्रतियोगिता जारी

काठमाडौँ, २ फागुन । काठमाडौँको कागेश्वरी मनोहरास्थित अर्किड स्कुलको मैदानमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
माघ २९ गते मंगलबारबाट अर्किड पुपिल सेकेण्डरी स्कुलको आयोजनामा ‘अर्किड कप सेभेन ए साइड जुनियर फुटबल टुर्नामेन्ट’ सुरु भएको हो । चौथौं अर्किड कप स्पर्धामा ४० समूहको सहभागीता रहेको आयोजक टिमले जानकारी दिएको छ ।
जुनियर तहका फुटबल खेलाडि विद्यार्थीलाई अगाडि ल्याउन र उनीहरुलाई भविष्यमा आउन सक्ने चुनौतीको सामनाका लागि प्रोत्साहन दिन गरिएको सो स्पर्धाले विद्यालयबिचको सम्बन्ध पनि राम्रो बनाएको प्रिन्सिपल सि.वि कार्कीले बताएका छन् ।
स्पर्धामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने विद्यालयलाई सिल्ड, मेडल र नगद प्रदान गरिने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु २० हजार, द्धितीय हुने टीमले रु १५ हजार, तृतिय हुने टिमले रु १० हजार र चौथौं हुने टिमले रु ५ हजार नगद पुरस्कार पाउनेछन् ।साथै उत्कृष्ट खेलाडि, फेयर खेलाडि समूह र म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने छ ।
प्रतियोगिता फागुन ११ गते शनिबारसम्म चल्ने छ ।
:532 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव