‘प्याब्सनलाई आफू अनुकुल ढाल्नु हुँदैन’

काठमाडौँ, ६ फागुन । प्याब्सन प्रदेश ३ को दोस्रो अधिवेशनमा केन्द्रिय प्याब्सन उपाध्यक्ष विमल थापाले संगठनलाई आफू अनुकुल ढाल्न नहुने बताएका छन् ।

सबैले संगठनको नितिनियम अनुसार काम गर्नुपर्ने सुझाव दिदै उनले भने, ‘संगठन एउटा व्यक्तिको लागि मात्र नभई सबैको लागि हो । त्यसैले यसमा आफू अनुकुल व्याख्या गर्न हुँदैन ।’ त्यस्तै केही जिल्लाका अधिवेशनमा प्याब्सन सदस्यको सहभागीता एकदम न्यून भएकोमा उनले गुनासो गरेका थिए ।

कार्यक्रममा उपत्यका प्रदेश र प्रदेश ३ को प्याब्सनको समितिलाई मिश्रित गरेर थकिन कुमार गुरुङको अध्यक्षतामा प्याब्सन प्रदेश ३ कार्यसमिति गठन गरिएको थियो । काठमाडौं धापासीस्थित ग्रिन ल्याण्ड हाई स्कुलका प्रिन्सिपल एवं अध्यक्ष गुरुङले राज्यले निजी क्षेत्रमा स्कुल खोल्न दिने तर यसको अनुगमन भने नगरिदिएकोमा दुखेसो पोखे । उनले प्रदेश ३ का प्याब्सनका प्रत्येक जिल्लाबाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने र प्रदेश ३ को उत्कृष्ट स्कुललाई ६० हजार पुरस्कार दिने योजना रहेको बताएका थिए ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केशवलाल श्रेष्ठ, उपाध्यक्षहरुमा देशबन्धु अधिकारी, मिनप्रसाद काफ्ले, विजय निरौला, जिवनकला सुब्बा र निरु ढकाल रहेका छन् । सचिवमा राममणी सापकोटा र सहसचिवहरुमा ऋषिराम नेपाल, अनन्तराम ढकाल, गंगामान व्यञ्जनकार, नारायण भण्डारी, ऐश्वर्या बिष्ट चुनिएका हुन् ।

त्यस्तै कोषाध्यक्षमा भोजराज शाही, सहकोषाध्यक्षहरुमा श्रीकृष्ण श्रेष्ठ, हरिदास श्रेष्ठ र रामचन्द्र अर्याल निर्वाचित भएका छन् भने सदस्यहरुमा दिपक महर्जन, शंकरप्रसाद भट्ट, सञ्जिव राई, खेमलाल भूसाल, मणीराम वाग्ले, हर्कवीर लामा, मिना प्रधान, अमर श्रेष्ठ र पानबहादुर जिसी निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रदेश ३ अन्तर्गतका १३ जिल्लाका प्याब्सन अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशन फागुन २८ र २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

:265 Views

Leave a Reply