वल्ड स्कलर्स कप सम्पन्न

ललितपुर । नेपालमै पहिलोपटक प्रिमियर इन्टरनेशनल स्कुल, खुमलटारको हातामा वल्र्ड स्कलर्स कप प्रतियोगिता अन्तर्गतको क्षेत्रीय दौड आयोजना गरिएको छ ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १० विद्यालका ३२८ जना विद्यार्थीको ११० टिमको सहभागिता रहेको थियो । यस वर्षको नारा ‘वल्ड
अन मार्जिन्स’ थियो ।
हरेक तीन सदस्यको समुहमा विभाजित सहभागि विद्यार्थीले विज्ञान, इतिहास, साहित्य, सामाजिक सेवा, कला सङ्गीत र विविध विषयमा आजका विशेष र प्रधान मुद्दाका समाधान खोज्ने प्रयास गर्नुपर्ने कार्यक्रमका संयोजक तथा विद्यालयका भाइस प्रिन्सिपल प्रदिप बज्राचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा स्कलर्स बल, संयुक्त लेखन, स्कलर्स च्यालेन्ज र समुह वादविवाद गरी चार तहमा कार्यक्रम सञ्चालन भएको थियो । यी तहमा दर्शाएका प्रदर्शनमा आधारित विद्यार्थीलाई विभिन्न मापदण्डमा मूल्याङ्कन गरिएको थियो ।
सहभागी समुहमा उत्कृष्ट मुल्याङ्कन पाउने समुहलाई क्षेत्रीय दौड पश्चात विद्यार्थीहरु अन्य ६ देशहरु चीन, फिलिपिन्स, अष्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्याण्ड र कजाकास्थान मध्ये कुनै एक देश छनौट गरी त्यसपछिको अन्तर्राष्ट्रि«य चरण (ग्लोबल राउण्ड) मा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । ग्लोबल राउण्डमा विश्वभरिका हजारौं संख्यामा विद्यार्थीहरुको सहभागिता रहने छ । ग्लोबल राउण्डबाट पनि छनौट हुन सफल विद्यार्थीहरु अमेरिकाको प्रसिद्घ येल विश्वविद्यालयमा टुर्नामेन्ट अफ द च्याम्पियन्समा कडा भन्दा कडा प्रतिष्पर्धीका रुपमा
आफुलाई उभ्याउनु पर्नेछ ।
दुई दिनसम्म सन्चालन भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रका निर्णायक मण्डल तथा शिक्षक शिक्षिकाहरुको उपस्थित रहेको थियो । यी दुई दिनको अवधिमा विद्यार्थीले आफनो सहयोगात्मक कौशलता, विश्लेषणात्मक कौशलता, लेखन कला तथा आलङ्कारिक कौशलता प्रस्तुत गरेका थिए । आप्mनो तर्क, ज्ञान, सीपको प्रयोग गर्दै विद्यार्थीहरुले निरन्तर रुपमा आफनो समुहको सफलता र जीतका लागि लागिरहे ।
अन्तिम दिन विद्यार्थीहरुका आफुभित्र लुकेर रहेका प्रतिभा प्रदर्शन गर्न ट्यालेन्ट सो पनि आयोजना गरिएको थियो । यस्ता ट्यालेन्ट सो बाट विदेशबाट आएका कार्यक्रम सन्चालकले पनि नेपाली कला संस्कृति प्रत्यक्ष अवलोकन गर्ने मौका पाएका थिए । कार्यक्रमको अन्तिममा पुरस्कार वितरणको कार्यक्रम रहेको थियो ।
उक्त कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शिरिष श्रेष्ठ तथा वल्र्ड स्कलर्स कपका संस्थापक डानियल ब्रडिचेस्कीको पनि उपस्थिति रहेको थियो । विजयी समुह र विद्यार्थीलाई पुरस्कृत गरियो र यसका साथै आगामी प्रतियोगिताका लागि स्वागत गर्दै भव्यता पूर्वक कार्यक्रम सुसम्पन्न भयो । नेपालमा पनि अन्तर्राष्टियस्तरको कार्यक्रम संचालन गर्न सकिने र नेपाली विद्यार्थीहरुले पनि विश्वमा आप्mनो प्रतिभा देखाउने एउटा मौका यस कार्यक्रमले दिएको कार्यक्रम संयोजक तथा विद्यालयका भाइसप्रिन्सिपल प्रदिप बज्राचार्यले बताउनुभयो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव