बक्तृत्वकला प्रतियोगितामा अमिनिटिको जस्मि अधिकारी विजयी

भक्तपुर, ७ फागुन । ‘समूदायमा सहकारीको भुमिका’ विषयको बक्तृत्वकला प्रतियोगितामा अमिनिटि इङ्लिश सेकेण्डरी स्कुलकी छात्रा जस्मि अधिकारी विजयी भएकी छिन् ।
आर्थिक उन्नती, सहकार्य र पारस्परिकताको भावसँगै सामाजिक मूल्य र संस्कृति पनि मिलिजुलि काम गर्ने र आवश्यकता र क्षमता भएका समान हितको लागि सहकार्य गर्ने संस्था नै सहकारी रहेको उनले बताएकी थिइन् ।
उनले सहकारी ऐन २०७४ ले पनि सहकारी संस्थाहरुलाई आर्थिक भुमिकाको निमार्णकर्ताको एउटा स्तम्भ मानेको भन्दै भनिन्, ‘सहकारीले समुदायमा भएको ज्ञान, सिप एवम् पूँजीको अधिकतम उपयोग गरेर जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गर्ने, सेवा तथा वस्तु उत्पादन गर्ने, समूदायमा भइरहेको मूल्य बृद्धिलाई नियन्त्रण गर्ने, समग्र देशको प्रतिव्यक्ति आय र राष्ट्रिय आय बृद्धि गराइ मूलूकलाई आत्मनिर्भर बनाउन आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेलेको छ ।’
समुदायमा रहेका स–साना बचतलाई पूँजीमा बदलेर आवश्यक हितका लागि लगानी गर्ने काम सहकारीले गरेकोमा सहकारीको महत्व रहेकोमा उनले जोड दिएकी थिइन् ।
बालकोटस्थित जनता बचत तथा ऋण सहकारीले आयोजना गरेको बक्तृत्वकलामा चाणक्य सेकेण्डरी स्कुलका छात्राहरु प्रसिद्धि पोखरेल र सुमिना सिलवाल क्रमश : द्वितीय र तृतीय भएका थिए ।
कार्यक्रम संयोजक राजु प्रजापतिले प्रत्यक वर्ष बालबालिकाको हित र प्रतिभा प्रस्फुटनका लागि एउटा प्रतियोगिता गर्दै आइरहेको र अन्य वर्षमा शारिरीक प्रतियोगिता हुनेमा यस वर्ष भने बौद्धिक स्पर्धा गरिएको बताएका छन् ।
विजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र दिइएको थियो । त्यस्तै स्पर्धामा पहिलो भएको विद्यार्थीलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र चौथौंलाई १ हजार नगद प्रदान गरिएको आयोजकले जानकार िदिएको छ ।
शनिबार भएको स्पर्धामा ८ विद्यालयका १३ विद्यार्थीको सहभागिता थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव