अपराधबाट बचाउन एञ्जलमा ‘विद्यालय प्रहरी समन्वय समिति’

काठमाडौं, ८ फागुन । महनगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख तथा प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले विद्यार्थीहरुलाई अपराध गर्नबाट बचाउन उनीहरुलाई शिक्षा दिनु आवश्यक रहेको बताएका छन् ।
कोटेश्वर हिमालीमार्गस्थित एञ्जल लर्ड एकेडेमी हाइस्कुलमा मंगलबार भएको विद्यालय प्रहरी—समन्वय समिति गठन कार्यक्रममा उनले पछिल्लो समयमा साथीभाईको लहैलहैमा र अञ्जानमै पनि किशोर किशोरीहरु साइबर क्राइम र लागुपदार्थको दुव्र्यसनमा फसेकोे औंल्याउँदै भने, ‘ आवश्यक कुनै पनि नयाँ कुरा सिक्नु भनेको उसको परिवार र समाजले सिक्नु हो ।’
विद्यार्थीले यो समितिमा रहेर साइबर क्राइम, लागुपदार्थको दुव्र्यसन, सडक दुर्घटनालगायतका अपराध गर्नबाट जोगिने र सडक दुर्घटनाबाट बच्ने उपाय सिक्ने उनले जानकारी दिएका थिए ।
९ सदस्यीय समितिको संयोजकमा विद्यालयका प्रिन्सिपल टंक लिम्बु छन् भने सदस्य सचिवमा सामुदायिक प्रहरी सेवा कोटेश्वरका इन्चार्ज एव्म प्रहरी सहायक निरीक्षक राजेन्द्र सिंह पुजारा रहेका छन ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट सदस्यहरुमा विद्यालयका खेलकुद शिक्षक टेकेन्द्र चेमजोंग, अभिभावकद्वय रीनाथापा र धर्मराजगौतम तथा विद्यार्थीहरुमा सुशान्त सिंह रावत, दिक्षागौतम, एरिन मगर र अनुकृत चौलागाई छानिएका छन् ।
:466 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव