केटाकेटीलाई खुसीका साथ हुर्काउन सुझावहरु

सल्ट लेक सीटी (संयुक्त राज्य अमेरिकाको उताह राज्यको राजधानी तथा अत्यन्त घनावस्ती भएको नगरपालिका) ले आफ्नो नारा नै बनाएको रहेछ – अभिभावकत्व नै हाम्रा कामहरूमध्ये सबैभन्दा जिम्मेवारीपूर्ण काम हो ।
धेरै अभिभावकहरू एउटा असल अभिभावक हुनका लागि आफूसँग हुनै पर्ने कलाबारे सचेतनापूर्वक निर्णय गरिरहेका हुँदैनन् । बरु, उनीहरूले त बच्चाहरूले दाँत माँझे वा माँझेका छैनन्, गृहकार्य गरे वा गरेका छैनन् र आफ्ना बालबालिकासँग उनीहरूका विचार र उद्देश्यका बारेमा पो कुरा गर्छन् ।
हाम्रा अभिभावकीय निर्णयहरू सधैंभरि विज्ञानमा आधारित हुँदैनन् । यस्तो लाग्छ, हामीले त हाम्रा अभिभावक कस्ता थिए भन्ने कुरातिर पो ध्यान दिन्छौँ र या त उहाँहरूमा रहेका प्रभावकारी अंशको नक्कल गर्छौँ या पूर्ण रूपले अर्को दिशा लिन्छौँ ।
महिलाहरू आफ्ना महिला साथीहरूसँग अनुशासन वा राम्रो स्कूलको रोजाइबारे कुरा गर्दछन् । पुरुषहरू आफ्ना केटाकेटीहरूका र तिनको आफूहरूसँगको सम्बन्धका बारेमा कथाहरू सङ्कलन गर्दछन् । हामीचाहिँ बालरोग विशेषज्ञसँग सोध्छौँ, अरू अभिभावकहरूले पार्क वा अन्य सार्बजनिक स्थानहरूमा देखाएका अभिभावकीय सीपहरू देख्छौँ र तिनलाई हाम्रो रुटिनमा एकीकृत गर्दछौँ । गुगलमा खोजी गर्छौँ । अभिभावकका लागि लेखिएका पुस्तकहरू पढ्छौँ । यी सबै गरिसकेपछि पो थाहा पाउँछौँ कति धेरै फरक अवस्था देखिँदो रहेछ ।
डा. रोबर्ट एप्स्टिनले हाम्रो सामान्य कामका लागि धेरै मेहनत गरेका छन् । उनले हाम्रा लागि असल अभिभावकत्वका लागि दश बुँदा सङ्कलन गरेका छन् । आशा गरिन्छ, यिनले राम्रो परिणाम दिनेछन् । यो प्रसङ्गमा, राम्रो परिणाम भन्नाले बच्चाको सफलता, राम्रो स्वास्थ्य र खुसीका साथै अभिभावक र बच्चाबीचको गुणस्तरीय सम्बन्ध पर्दछन् ।
पत्ता लागेका यी दश बुँदालाई एघार जना अभिभावकका विशेषज्ञहरूले मूल्याङ्कन गरे । यी सक्षमताहरूका आधारमा बालबालिकामा पाइएको परिणाम (स्वास्थ्य, खुसी, सफलता) तथा बालकसँगको निकटता समेत यिनै १० बुँदाहरूको आधारमा अपनाएका दुई हजारभन्दा बढी अभिभावकहरूबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।
यो तथ्याङ्क प्रयोग गरी, एप्स्टिनले सबैभन्दा बढी प्रभावकारी देखिएकामध्ये सबैभन्दा
कम प्रभावकारी रहेका क्रमैसँग यसरी राखेः
१. माया तथा स्नेह
माया तथा स्नेह सूचीको सबैभन्दा माथि आउँछ । आफ्ना बच्चालाई पटकपटक देखिने गरी गरिएको मायाले बच्चाहरूको खुसी, स्वास्थ्य तथा सफलताको मात्रामा
प्रत्यक्ष प्रभाव पार्दछ ।
२. तनाव व्यवस्थापन र सम्बन्ध राख्ने कला चाखलाग्दो कुरा हो, यो दोस्रो प्राथमिकतामा प¥यो । तनाव व्यवस्थापन र सम्बन्ध राख्ने कला यस्ता तत्व हुन् जसले बालबच्चालाई सोझै संलग्न बनाउँदैन । एउटा बाबु वा आमाले अरू कुनै व्यक्तिसँगको सम्बन्धमा कसरी तनाव व्यवस्थापन गर्छ वा सम्बन्ध राख्ने क्षमता राख्छ भन्ने कुराले प्रत्यक्ष रुपमा असल अभिभावकत्व बुझाउँदैन । तर प्राथमिकतामा पर्नुले यसको उच्च महत्व दर्शाउँछ ।
३. स्वस्थ तथा सन्तुष्ट
वैवाहिक सम्बन्धमा रहेका बाबुआमा उत्कृष्ट अभिभावकीय भूमिकामा रहन्छन् र आफ्ना बालबच्चाहरूप्रति धेरै सकारात्मक दृष्टिकोण राख्दछन् । अर्कातिर, बारम्बारको गम्भीर झगडा गैह्रजिम्मेवार र हेल्चेक्रयाइँपूर्ण अभिभावकत्वसँग सम्बन्धित छन् ।
४.तनाव व्यवस्थापन
यदि एउटा बाबु वा आमा तनाव घटाउनका लागि स्वस्थ उपायको भर पर्न लाग्दछन् भने, उनीहरू आफ्ना बालबालिकाको नजिक रहन्छन् र धेरै समय माया तथा स्नेह दिन सक्दछन् । यो अन्वेषण आमाको डिप्रेसन र यसले बच्चाहरूमा पर्ने असरसँग साह्रै राम्ररी म्याच गर्दछ । जब बच्चाहरू साना हुन्छन्, आमाहरू चिन्तित हुन्छन् । उनीहरूका आधारभूत स्याहारसुसारको व्यवस्थापन जस्तो कि खाना, स्वास्थ्य, आदिमा सङ्घर्ष गरिरहेका हुन सक्छन् र तिनीहरूलाई पहिल्यै गर्नु पर्ने मायालु सम्बन्ध देखाउने जाँगर नआउन सक्छ । बच्चाको उमेर जे होस्, एउटा नमुना योग्य अभिभावकको भूमिका निभाउँदा पूरै परिवारले उचित लाभ पाउने छ ।
५. सम्बन्ध
सम्बन्ध कायम राख्ने सीपले बाबु वा आमाको कुराकानी तथा सम्झौता गर्न सक्ने
क्षमता दर्शाउँछ, चाहे सँगै बसेर होस् वा टाढै वा अलगअलग बसेरै होस् । बच्चाहरूले परिष्कृत परिणाम देखाउँछन् जब आमाबाबु एकआपसमा दयालु, मायालु भाषामा बोल्ने तथा राम्रो मित्रता कायम राख्ने योग्यता देखाउँछन् । बाबुआमाबीचको लामो द्वन्द्व बच्चाहरूको जानकारीमा आएमा उनीहरूको मनोविज्ञानमा नराम्रो असर पर्ने छ ।
६. जीवन कला
जीवन कला अर्को महत्वपूर्ण ज्ञानको क्षेत्र हो जहाँ बाबुआमासँग नियन्त्रणको मात्रा रहन्छ । एप्स्टिन व्याख्या गर्छिन्
– जीवन कला भनेको
– ‘तपाईंले बालकलाई प्रदान गर्न सक्ने क्षमता
– जस्तो कि नियमित आय र भविष्यका निम्ति योजना हुन् ।’ जस्तो कि हामीले देख्न सक्छौँ, यस प्रकारका धेरै सक्षमताहरू एकार्कामा अन्तर्निहीत हुन्छन् । जो आर्थिक रूपले सबल हुन्छन्, तिनीहरूका लागि चिन्ताको एउटा विषय कम हुन्छ र एउटा व्यवस्थापन गर्नु पर्ने तनाव पनि कम हुन्छ ।
७. व्यावहारिक व्यवस्थापन
बाबुआमाका लागि व्यावहारिक व्यवस्थापन सक्षमता अत्यन्त मुलायम वस्तुझै लाग्दछ । हाम्रा बालबालिकासँग असमझदारी न्यून पार्न अथवा हाम्रा आग्रह पालन गर्न तयार बनाउनका लागि अनगिन्ती विचारहरू आएका छन् । हालसालै, स्नायु विज्ञानले यस बारेमा केही प्रकाश पारेको छ । हामीलाई थाहा छ, जव एउटा बालक उत्तेजित वा हतोत्साहित हुन्छ, ऊ समस्या समाधानमा होस् वा सीप विकास गर्ने काममा होस् सफल हुँदैन ।
८.अनुशासन
एउटा राम्रो समाचार यो छ कि, हाम्रा बालकलाई कसरी अनुशासनमा राख्ने भन्ने कुरा सबै विपरीतहरूका वावजुद हामीले प्रयोगमा ल्याएको दृष्टिकोण त्यति महत्वपूर्ण नहुन सक्छ । यसबाहेक, यी सक्षमताहरू तलबाट तेस्रोमा पर्दछन् । यसले के बुझाउँछ भने – अनुशासनमा राख्ने कुरा त्यति महत्वपूर्ण होइन रहेछ । यसको अर्थ हो, अनुशासन त हाम्रा व्यवहारले नै सिकाउने रहेछ ।
९. धर्म
अभिभावकीय कला सूचीमा धर्मले आश्चर्यजनक रूपले महत्व पायो । यस्तो हुनसक्छ – बाबुआमाहरू जसले कुनै धर्मको समर्थन गर्दछन् र आत्मिक वा धार्मिकताप्रति प्रोत्साहित गर्दछन्, उनीहरू बृहद धार्मिक समुदायका अंश वा कार्यकर्ता नै पनि हुन सक्दछन् र परिवारलाई धार्मिक तथा अनौपचारिक किसिमले समर्थन दिन्छन्, र यसले परिष्कृत परिणामको नेतृत्व गर्दछ ।
सारांशमा
अभिभावकत्व प्राय दोष र लज्जाका बीचमा चेपिएको पाइन्छ । अभिभावक हुनुको अर्थ आफ्ना कला, सीप वा सक्षमताहरूको सार्वजनिकीकरण जस्तो देखिन्छ, जबकि अवस्था यस्तो होइन । सबै बाबुआमा, बाह्य वातावरण जस्तोसुकै होओस्, आफ्ना बालबच्चाहरू स्वस्थ र खुसी देख्न चाहन्छन् । हामी यो उद्देश्यतर्फ कसरी अघि बढ्न सक्छौँ भन्ने कुरा हाम्रो इतिहास, सामाजिक मूल्यमान्यताहरू, अनुभव र पात्रले पाउने मौकामा भर पर्दछ ।
स्रोतः प्यारेन्टिङ सीप
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव