एएलए सिङ्गिङ स्टारको उपाधि शिरीषलाई

काठमाडौं । कोटेश्वर हिमाली मार्गस्थित एञ्जल लर्ड एकेडेमी हाइस्कुलले आयोजना गरेको ए.एल.ए सिङ्गिङ स्टार—२०७५ को उपाधि शिरीष पराजुलीले जितेका छन ।
८ कक्षामा अध्यनरत पराजुलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘कुन मन्दिरमा जान्छौ यात्री’ बोलको गीत गाउदै सो उपाधि हात पारेका हुन । प्रतियोगितामा ७ कक्षाकी सुस्मिता न्यौपाने उप विजेता घोषित भईन ।
उनले तृष्णा गुरुङको “खानी हो यामु“ बोलको गीत गाएकी थिईन । “फूलको आँखामा गीत गाउदै“ ३ कक्षाकी कृति श्रेष्ठले तेस्रो स्थान सुरक्षित गरिन । अडिशन राउण्ड र ईन्स्ट्रुमेन्टल राउन्ड पार गरेर आएका १० प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको उक्त गायन प्रतियोगिता सहभागिता जनाएका थिए ।
सुमन सुब्बाको सभापतित्वमा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रमको निर्णायक मण्डलमा युवा गायक तथा संगीतकार शुक्र तामाङ र गायक विनोद तामाङ थिए । विजेताहरुलाई कार्यक्रमका विशेष अतिथि गायक तथा संगीतकार श्याम पाख्रीनले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
पवित्र तिमल्सिना र निशा राईले संयुक्त रूपमा प्रतियेगिता सञ्चालन गरेका थिए वाद्यवादनतर्फ हार्माेनियममा राजन खतिवडा, तबलामा न्हुच्छे मुनिकार, किबोर्डमा टेकेन्द्र लिम्बू, गितारमा पुजन त्रिपाठी र साङ्गे लामा तथा बाँसुरीमा बादल शंकर र क्याजनमा रिसन व्यन्जकारले साथ दिएका थिए ।
यस अघिका वर्षमा विद्यालयले आयोजना गरेको ए.एल.ए सिङ्गिङ स्टारको उपाधि २०७३ सालमा उज्वल सुवेदीले र २०७४ सालमा उसान तामाङले जितेका थिए ।

:428 Views

Leave a Reply