ग्ल्याडस्टोनमा ८१ जनाले गरे रक्तदान

मध्यपुर ठिमी,फाल्गुन ११ । मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी र ठिमी जेसीस्ले प्रजातन्त्र दिवसको पावन अवसर पारेर दसौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, भूतपूर्व विद्यार्थी, अभिभावक, समाजसेवी, शुभेच्छुक तथा पत्रकार लगायत ५७ जना पुरुष र २४ जना महिला गरि जम्मा ८१ जनाले आफ्नो अमूल्य रगत दान गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले रगत दिई सुरु गरेको कार्यक्रम विहान १० वजेबाट सुरु भई दिउँसो १ वजे सम्पन्न गरिएको थियो । ग्ल्याडस्टोन समुदायमाका रूपमा विभिन्न सामाजिक सेवामुलक कार्यक्रम सञ्चालन गर्ने क्रममा विगत ९ वर्षदेखि निरन्तर रूपमा प्रजातन्त्रको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरिएको र यसबाट मानवीय सेवाका साथ अपार आत्मसन्तुष्टि प्राप्त हुने प्रधानाध्यापक कोइरालाले बताएका थिए ।

:277 Views

Leave a Reply