‘निजी विद्यालय कक्षा ८ को परीक्षा शुल्क र प्रमाणपत्र निःशुल्क’

भक्तपुर, १२ फागुन । मध्यपुरथिमी नगरपालिकाको प्रमुख मदनकुमार श्रेष्ठले मध्यपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् ।

भक्तपुरको थिमीस्थित चाणक्य सेकेण्डरी स्कुलको २० औँ वार्षिकोत्सवमा पालिकाले कक्षा ८ को परीक्षामा सरकारी र निजी विद्यालय समागन गरि लैजाने बताउँदै उनले भने, ‘सम्पूर्ण सरकारी विद्यालयको कक्षा ८ को परीक्षा शुल्क पालिकाले व्यवहोर्नेमा हाम्रो पालिकाले सरकारी र निजी विद्यालयको कक्षा ८ को परीक्षा शुल्क निःशुल्क गरेको छ ।’

उनले परीक्षा शुल्कसँगै ८ को क्यारेक्टर सर्टिफिकेट र मार्कसिट पनि निःशुल्क दिने जानकारी दिएका छन् । त्यस्तै संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिमा अनियमितता गरिएको आरोपका कारण यसलाई व्यवस्थित र पारदर्शी बनाउन विद्यालयको १० प्रतिशत छात्रवृत्तिको ५ प्रतिशत यो वर्षदेखि पालिकाको स्वामित्वमा रहने उनले बताए । कक्षा १ देखि १२ सम्मका लागि परीक्षा लिएर सो छात्रवृत्ति आवश्यक विद्यार्थीलाई प्रदान गरिनेमा उनले जोड दिएका छन् ।

शनिबार भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल गणेशबाबु पोखरेलले विद्यार्थीको ज्ञान र सिपलाई समिश्रण गर्दै लगिरहेको जानकारी दिए ।

वार्षिकोत्सवमा ‘फ्लावर अफ द इयर’ को उपाधि कक्षा १ की छात्रा प्रकृति प्रजापति र ‘स्टुडेन्ट आइकन अफ द इयर’ को उपाधि कक्षा ७ की छात्रा प्रसादि पोखरेलले पाएकी छिन् । चाणक्यको साँस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले ‘वैदेशिक रोजगारी’ विषयमा नाटक र विभिन्न नृत्य र गीत प्रस्तृत गरेका थिए ।

सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार श्रेष्ठ र चाणक्य कलेजका प्रिन्सिपल बासुकीराज रेग्मी लगायतको सहभागिता रहेको थियो ।

:368 Views

Leave a Reply