उपत्यकाव्यापी रियल कप फुटबलमा विनायक स्कुल प्रथम

मध्यपुर ठिमी | भक्तपुर बोडेको सिन्टीटारमा आयोजित 7A Side उपत्यकाव्यापी रियल कप फुटबल प्रतियोगितामा उपत्यकाका ४२ ओटा विद्यालय र क्लवहरूलाई पछाडि पार्दै विनायक फुटवल क्लवले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा विनायक शिक्षा निकेतनका फुटबलर सुवास गोलेले उत्कृष्ट खेलाडी र गोलकिपर अमर बहादुर श्रेष्ठले उत्कृष्ट गोलरक्षकको उपाधिसमेत प्राप्त गरेका थिए ।
नेपाल ताराका अनिश दुलाल भने प्रतियोगिताभर सर्वाधिक गोलकर्ताले पुरस्कृत भए । त्यस्तै १६ वर्षमुनि महिलातर्फ फुटसल एरिनाले छहारी शिक्षा सदनलाई १–० गोलले नै पन्छाएर पहिलो भएको हो । उक्त स्पर्धामा विजेता फुटसल एरिनाकी उपासना लिम्बू उत्कृष्ट खेलाडी घोषित भए । एरिनाकै मनिषा बास्कोटा सर्वाधिक गोलकर्ता बन्दा छहारीकी आशिका श्रेष्ठ उत्कृष्ट गोलरक्षक बनिन् ।
यसैगरी प्रतियोगिताकै १२ वर्षमुनि छात्रतर्फको फाइनलमा सोसियल वेलफेयर सुटर्स क्लवलाई २–० गोलले हराउँदै पहिलो भयो ।
उक्त स्पर्धामा विजेता वेलफेयरका आयुष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । एड्भान्स एकेडेमीका रमित खड्का सर्वाधिक गोलकर्ता बने । सुटर्सका श्रीजल गुभान्जू उत्कृष्ट गोल रक्षक बन्न सफल भए ।
प्रतियोगिताका विजेता टीम तथा स्कुल र खेलाडीहरुलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।प्रतियोगिताअन्तर्गत १६ वर्षमुनि पुरुषमा २०, महिलातर्फ १६ र १२ वर्षमुनि छात्रतर्फ १९ वटा टीम तथा स्कुलहरुको सहभागिता रहेको आयोजक रियल फुटबल क्लवका अध्यक्ष बालगोपाल साहुखलले जानकारी दिए । नेपाली फुटबलका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका साहुखलले सानैदेखि फुटबल खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए । प्रतियोगिताको सहआयोजकको रुपमा मध्यपुर थिमी नगरपालिका रहेको थियो भने भक्तपुर जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको रियल फुटबल क्लवले जनाएको छ ।
जिल्लाव्यापि चित्रकलामा विनायक प्रथम
मध्यपुर ठिमी, राजश्री गुरूकुलद्धारा आयोजित जिल्लाव्यापि चित्रकला प्रतियोगितामा विनायक स्कुल प्रथम हुन सफल भएको छ । करिव ३५ ओेटा भन्दा बढी विद्यालयहरूको सहभागीता रहेको उक्त प्रतियोगितामा सबैभन्दा उत्कृष्ट चित्रकला तयार पारी विनायक शिक्षा निकेतनका कक्षा ९ का विद्यार्थी निखिल प्रजापति प्रथम हुन सफल भएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव