युनिकको १२ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १२ फागुन । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीको १२ औँ वार्षिकोत्सव एवं कला प्रदर्शनी सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीले आफुले बनाएका विभिन्न कलात्मक सामग्रीको प्रदर्शनी गरेका थिए । शनिबार भएको कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी मदनसुन्दर श्रेष्ठले नगरको शैक्षिक योजनाका विषयमा जानकारी दिएका थिए । उनले मध्यपुर नगरपालिकाले देशमै पहिलोपटक सामूदायिक विद्यालयसँगै निजी विद्यालयको कक्षा ८ को परीक्षा शुल्क निशुल्क गर्न लागेको बताए । निजी विद्यालयले दिँदै आएको १० प्रतिशत छात्रवृत्तिमा २०७६ सालदेखि पालिकाले ५ प्रतिशत र विद्यालयले ५ प्रतिशत दिने उनले बताए ।
कार्यक्रममा विद्यालयबाट २०७४ सालमा एस.ई.ई मा उत्कृष्ट हुन सफल छात्रा नमुना भट्राईलाई र ‘स्टुडेन्ट अफ द इयर’ कक्षा १० की छात्रा कृतिका नेवहाङलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीर शाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुमन बस्नेतले विद्यालयको प्रगति र योजनाहरु अभिभावकलाई जानकारी दिएका थिए ।
कार्यक्रममा भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी, मध्यपुर नगर प्याब्सनका अध्यक्ष निलेश आचार्य लगायतले बोलेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव