मारुनी नृत्य गरेर मन्टेश्वरी कटेज विजयी

ललितपुर, १३ फागुन । नेपाल मन्टेश्वरी एशोसिएसन ललितपुरको आयोजनामा भएको सांस्कृतिक नृत्य प्रतियोगितामा मारुनी नृत्य गरेर झम्सीखेलस्थित मन्टेश्वरी कटेज विजयी भएको छ ।
शनिबार भएको कार्यक्रममा झम्सिखेलस्थित मन्टेश्वरी फुलबारी दोस्रो र स्वयम्भुस्थित मन्टेश्वरी कटेज तेस्रो भएको थियो ।
कार्यक्रममा प्रथम, द्वीतीय र तृतीय हुने स्कुललाई ट्रफी र सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको एन.एम.ए ललितपुरकी अध्यक्ष सन्जिता बस्नेतले जानकारी दिएकी थिइन् ।
कार्यक्रममा १४ वटा स्कुललको सहभागिता रहेको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव