एरुडाइट एकेडेमी ९ औँ वर्षमा प्रवेश

भक्तपुर, १२ फागुन । भक्तपुरको लोकन्थलीस्थित एरुडाइट ऐकेडेमी मा.विको ९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा त्रि.विका प्राध्यापक पारसमणि भण्डारीले नेपालको परम्परागत शिक्षा प्रणाली बदल्नुपर्ने बताएका थिए । ‘बच्चाको पढाईमा मात्र नभएर सिकाईमा पनि जोड दिनुपर्छ । त्यसका लागि शिक्षकहरु नै प्रतिभाशाली र सृजनशील हुनुपर्छ ।’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रकुमार खरालको सभापतित्वमा सम्पन्न् उक्त कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं. १ का अध्यक्ष सुरज खड्का लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल दिनेश पाण्डेले विद्यालयको प्रगति विवरण एवं भावी योजनाहरु सुनाएका थिए । उनले बच्चाको चौतर्फी विकासको लागि आमाकोे भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
विद्यार्थीहरुको कला प्रदर्शनी, तेक्वान्दो तथा कराते प्रदर्शनी कार्यक्रमको आकर्षणको रुपमा रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक क्रियाकलाप गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव