सिद्धार्थ विद्यापीठको अभिभावक दिवसमा सम्मानको ओइरो

मध्यपुर गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ सेकेन्डरी स्कुलले यही फागुन १८ गते २० औँ अभिभावक दिवस मनाएको छ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितिमा आयोजित सो भब्य कार्यक्रममा हरेक कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

त्यस्तै कक्षा १ देखि ५ सम्मका शिक्षकहरूमध्ये यो वर्षको उत्कृष्ट शिक्षकका रूपमा सोही कक्षाहरूका इन्चार्ज प्रतिमा श्रेष्ठ सम्मानित भइन्।

उत्कृष्ट अभिभावकका रूपमा कक्षा ४ मा अध्ययनरत छात्र अभियान पाण्डेका बुवा कृष्णप्रसाद र आमा बालकुमारी पाण्डेलाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फे, कार्यक्रमको अध्यक्षता गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र थापा तथा संस्थापक प्रिन्सिपल दिपिका रिमाल थापाले संयुक्त रूपमा सम्मान गरेका थिए।

कक्षा ४ मा अध्ययनरत एक जना विशिष्ट प्रतिभाशाली विद्यार्थी जो जन्मेको तीन वर्षदेखि नै अस्वाभाविक शारीरिक अवस्थाका बावजुद पनि अध्ययन, कलाकारिता र नृत्यमा आफूलाई अब्बल सावित गर्दै आएका छन्, उनको शाहस र अटल विश्वासको कदर गर्दै उनी र उनका अभिभावक समेतलाई सम्मान गरिएको थियो।

सबैलाई सम्मान प्रदान गरेका कार्यक्रमका प्रमुख अतिथि लगायत विशेष अतिथिका रूपमा निम्त्याइएका नेपालका वरिष्ठ संगीतकर्मी दिपक जङ्गम पनि सो कार्यक्रममा सम्मानित भए।

संस्थापक प्रिन्सिपल दिपिका रिमाल थापाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरिन् भने विवेक केसीलगायत अन्य विद्यार्थीहरूको नाच गानमा अभिभावकहरू निकै रमाए।

:680 Views

Leave a Reply