हेब्रोन स्कुलको दिक्षान्तमा नाचे शिक्षक र अभिभावक

काठमाडौं । सिसिआरसि कलेज सुर्यकोट, कोटेश्वरको जुनियर विङ्ग अर्थात हेब्रोन स्कुलमा अध्यनरत पुर्व प्राथमिक तहका विद्यार्थीहरुको चौथो दिक्षान्त शनिबार सम्पन्न भयो ।
संस्थागत विद्यालय सचालकहरुको मञ्च (फिजम) का उपाध्यक्ष एवम् भिमेश्वर एकेडेमी गोठाटारका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्का, हेब्रोन स्कुलका प्रिन्सिपल अरुण कुमार कँडेल र अभिभावकहरुले पालैपालो युकेजीदेखि ३ कक्षासम्मका ७८ जना विद्यार्थीलाई कालो टोपी लगाईदिएर सुशोभन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातिले लगाउने परम्परागत भेषभुषा प्रर्दशन गर्नुका साथै विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । साना केटाकेटीहरुको प्रस्तुतिमा प्रमुख अतिथिदेखि विद्यालयका प्रिन्सिपल, शिक्षक र अभिभावकहरु सबैजना स्टेजमा गएर नाचेका थिए ।
त्यस अवसरमा फिजमका उपाध्यक्ष खड्काले वर्तमान सरकारले नीजि विद्यालयको योगदान चटक्कै बिर्सेर उनीहरुलाई बचाउँदै शिक्षा विकासको लागि चाल्नुपर्ने ठोस कदम चाल्न नसकेकोमा गुनासो गरे ।
प्रिन्सिपल अरुण कँडेलले समयको माग अनुसार सबै तहका विद्यार्थीहरुलाई पढाईको साथै अतिरिक्त कृयाकलापमो उत्तिकै जोड दिँदै आएको उल्लेख गर्दै पछिल्लो समयमा हेब्रोन स्कुलले जडिबुटी, नरेफाँट, सुर्यकोट र कोटेश्वरको मात्रै नभई अन्य ठाउँका अभिभावकहरुको ध्यान खिच्न सफल भएको बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव