मेरिगोल्डको २१ औँ वार्षिकोत्सव सम्पन्न, विद्यार्थीको कला प्रदर्शनी बन्यो आकर्षण

भक्तपुर, १९ फागुन । भक्तपुरको बालकोटस्थित मेरिगोल्ड इङ्लिश बोडिङ स्कुललको २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा अभिभावकलाई आफ्ना बच्चाहरुमा भएका थप प्रतिभाको बारेमा जानकारी दिन कला प्रदर्शनी गरिएको थियो जुन कार्यक्रमको आकर्षणको केन्द्र भएको विद्यालयका प्रिन्सिपल भुवनलाल श्रेष्ठले बताएका छन् । विद्यार्थीले बनाइएका १५० भन्दा बढि सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष विजय सम्बाहाम्फेले ७८ जना एसइई दिएका पूर्व विद्यार्थीलाई सम्मानित गरेका थिए ।
विद्यालयले वर्षकै नियमित विद्यार्थीमा पूर्व प्राविमा बिभम्सु बस्नेत, प्राविमा अभियान प्रधान, निमाविबाट अनुप भण्डारी र माविबाट सुमान धमलालाई पुरस्कृत गरेको थियो ।
त्यस्तै उत्कृष्ठ सरसफाई विद्यार्थीमा पूर्व प्रावि, प्रावि, निमावि र माविमा क्रमशः उर्जा घिमिरे, रोजिशा आचार्य, अनुस्का खड्का र रियाना बिलोनलाई पुरस्कृत गरेको छ भने उत्कृष्ठ अनुशासित विद्यार्थीमा सोही क्रममा क्रमशः सृजन श्रेष्ठ, रमित गिरी, ओकस्वी भण्डारी र दिपा यादवलाई पुरस्कृत गरेको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव