शिवको तेश्रो आँखाभरी शिवरात्री महात्म्य

शिवलाई बैदिक दर्शनले महान आत्मा मानेको छ । शिव महान मानिनुका केही दर्शनिक चिन्तन छन् । दार्शनिक चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवको शारीरिक दृश्य सादृश्य ठान्छु । सादृश्य बन्नु, बनाउनुको तत्वमषि आधार विवेक–ब्रम्हतेज मानिन्छ, मान्नुपर्छ । ब्रम्हतेज एकाइसौँ शताब्दीको लेजरबीम समान माने अत्युक्ति परोइन । लेजर बिम वैज्ञानिक आविष्कारको एक अद्भूत चमत्कार/ लेजरबिम जस्तै अन्य अनेक शक्तिशाली अन्तरयामी ÷अन्तरभेदि किरणहरू विज्ञानले पहिल्याएका छन् । एक्स रे, गामा रे आदि तिनका अनेक भेदहरू छन् । तिनै किरणहरूको प्रयोगबाट जैविक, दैनिक जीवन जीव अन्तरनिहित स्वस्थ अस्वस्थ, निर्विकार र विकारयुक्त अवस्थालाई ती किरणहरू कुनै पनि लुकाइका, दबाइएका निशेधित पदार्थ/तत्वहरू सहजै पत्ता लगाउन कामयाव रहेका छन् । साधारणतया हामीले यिनको पहिचान स्वास्थ्य उपचार, जल, थल र हवाइ बन्दरगाह, भन्सार कार्यालयहरूमा प्रयुक्त मेसिन / औजारहरू अवलोकन गरेर गर्न सक्दछौँ । सम्भवतः शिव शक्तिको महिमा यी र यस्तै अन्यान्य क्षमतावान शक्ति– भनूँ शक्तिशाली क्षमतामा अन्तरनिहित थिए ।
नितान्त प्राशङ्गिक बन्छ कि शिवमा त्यस्ता चमत्कारी क्षमताहरू अन्तरनिहित थिए । अनि पो उनी देवादि देव–महादेव कहलिए । यी सबै प्रशङ्ग चिन्तनधारले सङ्ल्याउँदै प्रवाहित गर्ने मानष गति शीलताका रूप स्वरूप मान्नुपर्छ । अनवरत चिन्तन धार प्रवाहित राख्दा हाम्रा मन –मस्तिष्क, ब्रम्ह्–विवेक आफै सङ्लिन्छ । निरन्तर अभ्यास, अटुट प्रयास गर्दै हामी योगाभ्यासि बन्छौँ । योगाभ्यासि बन्नुको सरल अर्थ अनवरत योग गरिरहनु हो । अनवरत/निरन्तर योग, अभ्यासले हाम्रो भित्र जन्मेका विकार निख्रिदिन्छ । स्वस्थ बन्छौँ, रहन्छौँ हामी । स्वस्थताले हाम्रा चिन्तनधार सङ्लिन्छ । सङ्लो चिन्तनधारले अन्तरचेतलाई प्रस्फुरण गर्छ । अन्तरचेत प्रस्फुरित आत्मालाई शिव भनिन्छ । शिव सबैको कल्याणमुखी चैतन्य चेत बन्छ । सर्वमाङ्गल्य चैतन्य चेतको नाम–संज्ञा शिव हुन् ।

अ, उ, म् तीन अक्षर मध्यका दुइ स्वर–अक्षर अनि एक हल्लन्त म् ब्यञ्जन सहितका तीन अक्षरका संयुक्त ध्वनी ॐ कार गुञ्जन बनेर मुखरित हुन्छन् । यिनै एकाकार ॐ ध्वनीको संयमित उच्चारण ब्रम्ह्नाद बन्छन् । त्यो ॐध्वनी गुञ्जनका नाद एक अद्भुत, विस्मयकारी चमत्कार बन्छ । त्यो अद्भूत विस्मयकारी नादले हाम्रा शरीरका अन्तरङ्गका नसानसामा तरङ्गहरू तरङ्गयाई दिन्छन् । ती अन्तर तरङ्गहरूले हाम्रा अवयवका अङ्गप्रत्यङ्गका नसा नदीलाई अविरल गतिमा प्रबाहित राख्छ । नसा नदीका तरल तरङ्गले शरीरभित्रका अङ्गप्रत्यङ्गलाई गतिमान राख्छ, चलायमान बनाउँछ ।

सर्वमङ्गलकारी चेतना ब्रम्ह् शिव भएकोले उनी ॐ कार स्वर गुञ्जन बनेका छन् । ॐ कार भन्नु स्वर–ब्रम्ह् हो । स्वर–ब्रम्ह्ले अन्तर नादलाई गुञ्जाइदिन्छ । अन्तर नादको गुञ्जनले हाम्रा चैतन्य चोलामा सन्तुलन कायम गर्छ । अङ्ग प्रत्यङ्गका सन्तुलनले दैनिक जीवनका सबै भागलाई चलायमान राख्छ । शरीरका सबै अङ्गहरू चलायमान रहनु गतिशील जीवन यापनको स्वस्थ अवस्था कायम राख्नु, हुनु हो । जैविक जीवनलाई जागरुक बनाउन/राख्न सके नै हाम्रा दैहिनिक जीवन स्वस्थ र स्फुर्तिमय रहन्छ, रहनसक्छ । यस अवस्था धारी चिन्तन–संस्कारलाई चैतन्य चोला भन्न रुचाउँछु । चैतन्य चोला अभय बन्छ , रहन्छ । अभय चोलाको तादाम्य चिन्तामुक्त जीवनसित छ । जहाँ चिन्ता मुक्त अवस्था कायम गर्न सकिन्छ; त्यहाँ नै अभय बन्न सकिन्छ । अभय बन्न सङ्लो मनस्थिति कायम राख्नु जरुरी हुन्छ । अभय मनस्थिति परपीडा मुक्त चिन्तन संस्कारबाट प्राप्त हुन आउँछ । परपीडा मुक्त चिन्तन संस्कार भन्नु सबै प्राण्ीाप्रति समदर्शि भाव–व्यवहार–संस्कार पालन गर्नु हो । यस्तो समदर्शि चिन्तन एउटा सग्लो सिङ्गो चरित्र बन्छ । शिवको आराधना संस्कार साधना संस्कृति अन्तरनिहित मन्त्रको माङ्गल्य/मङ्गल भाव, अर्थ यसरी अर्थिन्छ । यस्तै यस्ता अनेक अन्तरनिहित भाव धारणा ग्रहण गर्न सकौँ कामना सहित हामी शिवरात्री महिमा गाउँछौँ । महान आत्मा पुरुषको आराधना गरेर कुशल मङ्गल कामना साथ शिवरात्रीमहात्म्य जप्छौँ हामी–शिव प्रतिनै समर्पित रात्री काल–समय एकाग्र भएर–मन मस्तिक भरिका चिन्तन सँगालेर ।
अ, उ, म् तीन अक्षर मध्यका दुइ स्वर–अक्षर अनि एक हल्लन्त म् ब्यञ्जन सहितका तीन अक्षरका संयुक्त ध्वनी ॐ कार गुञ्जन बनेर मुखरित हुन्छन् । यिनै एकाकार ॐ ध्वनीको संयमित उच्चारण ब्रम्ह्नाद बन्छन् । त्यो ॐध्वनी गुञ्जनका नाद एक अद्भुत, विस्मयकारी चमत्कार बन्छ । त्यो अद्भूत विस्मयकारी नादले हाम्रा शरीरका अन्तरङ्गका नसानसामा तरङ्गहरू तरङ्गयाई दिन्छन् । ती अन्तर तरङ्गहरूले हाम्रा अवयवका अङ्गप्रत्यङ्गका नसा नदीलाई अविरल गतिमा प्रबाहित राख्छ । नसा नदीका तरल तरङ्गले शरीरभित्रका अङ्गप्रत्यङ्गलाई गतिमान राख्छ, चलायमान बनाउँछ । हामी र हाम्रा शरीर स्वस्थ बन्छ, रहन्छ । ॐ ध्वनी गुञ्जनले अन्तरङ्गमा एक अजीव संरचनाका सन्देश प्रवाह गर्छ । तिनै स्वर गुञ्जनका प्रकम्पनले पैडा गर्ने तरङ्गले प्रत्येक अवयवका नसा, जोर्नीहरूलाई चलायमान पारिदिन्छ । यिनै चलायमानको अवस्था हाम्रा स्वस्थताका परिचायक बन्छ । योगीहरू यिनै प्रकृयाहरूलाई योगका अभ्यास मान्छन् । योगरत योगबीरहरू चरणबद्ध क्रियाकलाप योग साधनाद्वारा प्राणायामसम्मै उक्लिन्छन् । प्राणायामको चरम योग पीडा मुक्ति, चिन्ता मुक्तिका स्वाद सुखद आनन्दी जीवन मुहूर्त ठानिन्छन्, मानिन्छन् । योगाभ्यासी योगवीरहरू त्यसैले योगाभ्यासका अन्तरालहरूमा ॐकारमय ध्वनीका स्वरगुञ्जन गर्छन् निरन्तर । शिवका मोहक स्वर र ध्वनी गुञ्जन अ,उ, म् तीन अक्षरी ब्रम्हनाद बनेको छ । शिवरात्री महात्म्यका नाद ब्रम्ह त्यसैले ॐकारमय स्वरमा मच्चिने ब्रम्हनाद गुञ्जन हो र बनेको छ ।

हृष्टपुष्ट, उल्लासमय जीवन–यौवनकालका उल्लासमय प्रहर अहोरात्र नै हुन् । रात साम्य, सौम्य र सौर्हाद मुहूर्त पनि हुन् । त्यो समय साम्य छ । सबै सबैले पनि त्यस समयकाललाई सुनसान प्रहर मान्छन् । सबैले समान तवरले शान्तमय समय ठान्ने, मान्ने रात्रीकाल साम्य छ । यो काल, त्यो समय आम प्राणी मात्रकै समान मान्यता प्राप्त रात्री शिवरात्री बने बनाइएको छ । साम्यसित समग्र अटाउँछ । समग्र त साम्य स्थितिको परिचायक बन्छ, बनाइएको छ । परिस्थिति बन्नु स्वभावगत संस्कारको प्रजनन् बन्छ । स्वभावगत संस्कार पालन गर्दै जाँदा परिस्थिति सृजना हुन्छ । संस्कार सभ्य र संस्कृत समुदायले पालन गर्छ । सभ्य र संस्कृत समुदायका आआफ्नै संस्कृति हुन्छ । संस्कार र सभ्यताले संस्कृति निर्माण गर्छ । संस्कार विनाको संस्कृति हुन्न । संस्कारविहिन संस्कृतिको परिकल्पना गर्न सकिन्न । समुदाय, समाज र राष्ट्रका संस्कृतिले तिनका संस्कार बताउँछ, बुझाउँछ । शिव सम्बन्धी यो रात्री–शिवरात्री महात्म्य बुझ्न थाहा पाउन शिवका शैब्य संस्कार बुझ्नु नितान्त जरुरी हुन्छ । यस प्रयासको मर्म शिवका शैब्य संस्कारका प्रशङ्ग माथि विहम्गम द्वष्टिपात गर्नु रहेको छ ।

शिवलाई दिगम्बर भनिनुको अर्थ बोध दशै दिक नै उनका अम्बर÷पहिरन ठानिनुको पर्याय बन्छ । अम्बरको दुई अर्थ छन् । पहिलो आकाश, दोश्रो वस्त्र । शिवलाई दिगम्बर भन्नुको अर्थबोध सम्पूर्ण दिक÷दिशाहरू नै उनका वस्त्र हुन् । सम्पूर्ण दिशानै वस्त्र ठानिनुको व्यञ्जना अर्थ हुन्छ–निरबस्त्र/नाङ्गो ! कुनै वस्त्र नै नभएका । आधुनिक अभिव्यक्ति शिपमा यस्ता व्यञ्जना अर्थ विन्याशलाई कूट अभिव्यक्ति/कुटनैतिक बोली मानिनुपर्छ ।

शिव स्वरूप नील वर्णको छ । नीलोपन एउटा प्रकरण हो रङ्गको । नीलो रङ्ग आकाशको रङ्ग । नीलो रङ्ग सागरको रङ्ग । नीलो आकाशको रङ्ग सीमाहिन व्यापकताको प्रतीक । नीलो सागर प्रवाहशील गतिका शान्त–सौम्य प्रतीक । प्रवाह गतिशिलताकै प्रतीक । प्रवाह गतिशिलताकै नैरन्तर्य÷निरन्तरता । शिवका मङ्गल माङ्गल्य स्वभाव, संस्कार–हामी सबैका लागि चाँहिदो र दानशिल स्वभावका भस्माशुरलाई बेहद शक्तिशाली वरदान दिए विनले जीवन चरित्र । शिव बेहद उदार मनस्क स्वभावको परिचायक बन्छ । अन्तमा भस्मासुरले शिवलाई खरानी पार्न छुन लखेत्दा विष्णुको कुट्नैतिक क्षमताले शिवलाई बचाए । विष्णुले शिवसँग त्यस्तो क्षमता कहाँ छ र ? छुनासाथ खरानी पार्ने ? तिमीलाई छलकपट गरे उनले । नपत्याए पहिले परीक्षा गर्नु । एक पटक आफैलाई छोएर हेर्नु ! छुँदाछुँदै आफै भस्म भए उनी । शिव आफ्नै बेपर्वाही उदारताबाट उब्जेको संकतबाट बचे । यी र यस्तै स्वभाव जन्य संस्कार भएकाले शिवलाई भोलेनाथ, भोलेबाबा भनिएका छन् । हामीलाई सीमाहीन उदारताले आपत्ति निम्त्याइदिन्छ । शिवरात्री महात्म्यसित सिकिलिनु छ यो । पालनकर्ता–रक्षक अबतारी विष्णुको आचरण संस्कारसित जोडिएको कुट्नैतिक क्षमतावान चरित्र निर्माण पनि हामी र हाम्रा युग सापेक्ष जेता, नेता, भाग्यविधाता सबैले मनन् गर्नु गरिलिनु आवश्यक छ भन्ठान्छु ।

शिवका नाम रूप अनेक छन् । दशै दिशाका कुवेर मानिन्छन् शिव । पूर्व, पच्छिम, उत्तर, दक्षिण चार दिशा । इशान, आग्नेय, नैऋष्य, वायव्य चार कोण दिशा । उत्तरी धु्रव (स्वर्ग), दक्षिणी धु्रव पाताल) सिहत दश दिक÷दिशा सबै शिवका धुरी मानिएका छन् । यो आख्यानिक पुराण; पौराणिक आख्यान आपसमा सहअस्तित्व वरण गर्छ । दशै दिसाका कुबेर कहलिनुको तात्पर्य भूस्वर्गमा स्वामि हुनु समान अर्थ बोधक बन्छ । शिवलाई दिगम्बर भनिनुको अर्थ बोध दशै दिक नै उनका अम्बर÷पहिरन ठानिनुको पर्याय बन्छ । अम्बरको दुई अर्थ छन् । पहिलो आकाश, दोश्रो वस्त्र । शिवलाई दिगम्बर भन्नुको अर्थबोध सम्पूर्ण दिक÷दिशाहरू नै उनका वस्त्र हुन् । सम्पूर्ण दिशानै वस्त्र ठानिनुको व्यञ्जना अर्थ हुन्छ–निरबस्त्र/नाङ्गो ! कुनै वस्त्र नै नभएका । आधुनिक अभिव्यक्ति शिपमा यस्ता व्यञ्जना अर्थ विन्याशलाई कूट अभिव्यक्ति÷कुटनैतिक बोली मानिनुपर्छ । शिव त निरबस्त्र÷नाङ्गो शरीर धारि–नकचरो नभनेर दिगम्बर भन्नु सभ्य र शिष्ट अभिव्यक्ति बनाइएको छ । सभ्य र शिष्ट अभिव्यक्ति सुसंस्कृत भाषा शैलीगत संस्कृति नै बन्छ । यो शैव मत, शैव संस्कार र सभ्यताकै परिचायक बन्छ ।

दिगम्बर अवस्था पार गरेपछिको शिवको अर्को नाम रहेको छ –बाघाम्बर ! बाघको छाला नै बस्त्र बनाई त्यसैलाई ओढेका । यसरी दिगम्बरबाट बाघाम्बर बन्दासम्म शिवका जीवन परिवेश र परिस्थिति निकै परिवर्तित अवस्था बोधक बन्छ । लाजगाज विहिन अवस्था दिगम्बरकाल बोधक ! बाघाम्बर अवस्था शिकारी अवस्था बोधक रहन्छ । प्रत्येक अवस्था जन्य स्थिति सांस्कृतिक विकास बोधक अग्रगमनका इतिहास कोर्छ । तिनलाई कोरल्नु, चल्ला काढ्नु सांस्कृतिक सौरभ ठहर्छ । शिवसित गाँसिएका अनेकानेक पौराणिक आख्यानले मनुष्य जीवन समाजको क्रमबद्ध विकास÷विकास क्रममा इतिहास मौन भाषामा अवाक परायण गर्दोछन् । अन्धविश्वास नभनी पौराणिक आख्यानभित्रका तत्कालीन अभिव्यञ्जना र अभिव्यक्तिलाई मनन् गर्नु प्रत्येक संस्कृतिकर्मीका थाप्लोको नाम्लो ठान्छु । सहिसलामत, सकारात्मक विश्लेषणले सत्यार्थ प्रकाशनमा सही योगदान पुर्याउँछ । यो धारणा राख्न चाहन्छ ।

शिवका ब्युत्पति÷जन्मका सान्दर्भिक आख्यानिक लोकोक्ति अनेक छन् । शैवमतयामीहरू शिवका मातापिता नभएकोमा विश्वस्त छन् । वर्तमान जीवन परिप्रेक्षमा मातृकोष र गर्भ बिनाको कुनै नि जीव जीवनको अस्तित्व स्विकार्य बन्छ । यसो हुनु स्वाभाविक बन्छ । वर्तमानमा टेष्टट्युब बच्चाबाहेक अरु अनुभूति छैनन् पनि हामीसित । विना प्रामाणिक अनुभूति कसरी, कुन आधारमा विश्वस्त रहन सकिन्छ ? किन्तु, यो आख्यान शैवमतयामीका मात्र अलग्ग धारणा बनेको छैन । विश्वमा विद्यमान अनेक आस्थाधारीहरूबीच पनि अनेक यस्तै प्रकारका हेतु रहेका छन्–आदिम सृष्टिका सृजना सम्बन्धी । परपर नकुदी आफ्नै सेरोफेरो इशाई सम्प्रदायहरू एडम र ईभको सृष्टि परमेश्वरले (प्रकृति) गरेको बखान भर्छन् । लाग्छ शिव पनि प्राकृतिक पुरुष हुन्, प्रकृतिकै कोषबाट जन्मजात अस्तित्व । सृष्टिको यो भन्दा कयौँ पूर्वकालीन संरचना सम्बन्धमा हाम्रा पूर्वीय दर्शनले गायका यी श्लोक विश्लेषण योग्य छ ;… प्रथम अवतार प्रभू मत्स्य रूप धारणम्…! यस श्लोकले सृष्टिको पहिलो स्वरूपलाई अवतार मानेको छ । पहिलो अवतारलाई प्रभू भनिएको छ । अवतार र प्रभू एकै समकक्षी बनाइएको छ । अवतारकै स्वरूपलाई समान सन्दर्भ बनाउँदा ‘प्रभू’ शब्दको ‘प्र’ अक्षरले प्रथमलाई र ‘ भू’ अक्षरले हुनुलाई प्रतिनिधित्व गर्छ । ‘प्रभू’ शब्दको सच्चा अर्थ पहिलो सृष्टि । कालान्तरमा युगवाण्ीा बन्न पुगे प्रभू=ईश्वर, देवता, भगवान आदि इत्यादि । शिव त्यसैले आदिम पुरुष बने सृष्टि–संरचनाको पौराणिक इतिहासपरक आस्थाको आख्यानभरी ।

शिवको तेस्रो आँखा निधारको बीच दुई आँखा अनि ध्रानेन्द्रीय– नाकै माथि कलाकर्मीले चित्रण गर्नु प्रतीक बन्छ, बनेको छ । तेस्रो आँखाका प्रतीकात्मक अर्थ यथार्थमा विवेक –ब्रम्हसित सटेको छ । विवेक–ब्रम्हको उद्भव अग्रभागमा रहेको मस्तिष्क कोषिकाहरूबाटै हुँदो हो । विवेक–ब्रम्हको गर्भगृह आखिर त मस्तिष्क नै बनेको छ, रहेको छ । शिवको तेस्रो आँखाका सन्दर्भलाई पाश्चात्य गोलार्धमा पनि उत्तिकै महत्वसाथ चिन्तन–मनन भए गरिएका छन् Third Eye Of Shiva मा ।

शिवको आख्यानिक अर्को नाम त्रिनेत्र रहेको रह्यै छ । त्रिनेत्र शब्दको मार्मिक अर्थ विन्याश छ । मर्मसित साटिएको त्यो त्रिनेत्रको अर्थ तेस्रो आँखासित रहेको छ । तेस्रो आँखा निधारको वीचैैेमा रहेको चित्रण कलाकार बन्धुहरूले गरे, गरेका छन् । निधारबीचमा कुनै पनि ज्ञानीमानी मानवको जीवनधारी प्राणीमा कहिल्यै जन्मजात अङ्ग–उपअङ्ग बनेको यथार्थ रहेको छैन । तैपनि मात्र शिवको तेस्रो आँखाको आख्यान बनेको छ । यथार्थ बस्तु तत्वलाई साँच्चै भएकै जस्तो स्थापित गर्नु जीवन दर्शनको मूल तत्व बनेको छ, बनाइएको छ । जीवनलाई दर्शन बनाएर हेर्नु –देख्नु दार्शनिकहरूको जीवन दर्शन बन्छ, बनेको छ । दर्शन, त्यसैले गहन र प्रगाढ तत्वमषि वस्तु सन्दर्भ बन्छ । यस्ता प्रगाढ वस्तुतत्व सर्वसाधारणका जीवन चासो रहन्न । वास्तवमा शिवको निधार बीचमा चित्रित तेस्रो आँखा एक प्रतीकात्मक बस्तु बनेको छ । प्रतीकले गम्भीर गहिरो अर्थ बोधक ज्ञान तत्वलाई सहज सरल तवरले बुझ्न, बुझाउन मद्दत गर्छ, पुर्याउँछ । त्यसैले प्रतीक वस्तुले अन्तरालमा गढेको रहश्यलाई सतहसम्म उजागर गर्ने भूमिका निर्वाह गर्दछ । शिवको तेस्रो आँखा निधारको बीच दुई आँखा अनि ध्रानेन्द्रीय– नाकै माथि कलाकर्मीले चित्रण गर्नु प्रतीक बन्छ, बनेको छ । तेस्रो आँखाका प्रतीकात्मक अर्थ यथार्थमा विवेक –ब्रम्हसित सटेको छ । विवेक–ब्रम्हको उद्भव अग्रभागमा रहेको मस्तिष्क कोषिकाहरूबाटै हुँदो हो । विवेक–ब्रम्हको गर्भगृह आखिर त मस्तिष्क नै बनेको छ, रहेको छ । शिवको तेस्रो आँखाका सन्दर्भलाई पाश्चात्य गोलार्धमा पनि उत्तिकै महत्वसाथ चिन्तन–मनन भए गरिएका छन् Third Eye Of Shiva मा । क्षीण स्मृतिले Third Eye Of Shiva का लेखक, प्रकाशक उल्लेख गरी सहृदय पाठक महानुभाव सामु उजागर गर्न नसक्दा आफ्नै दुई हात जोड्नुपर्ने भएको छ ।

रातभरी धुनी जगाई शिवरात्री पर्व मनाउने पूर्वीय हिन्दु संस्कार जन्य सांस्कृतिक संस्कार बनेको छ । रात शान्त र स्वछन्द समय रहेको छ । त्यसैले शिवको तेस्रो आँखा भरीका जीवन दर्शनकै आराधनामा हामी शिवरात्री महिमा गाउँछौँ जाग्राम शिवरात्री भजन, किर्तन एकाग्रता साथ !

तेजेश्वरबाबु ग्वंगः

:1003 Views

Leave a Reply