अर्बिटमा कला प्रदर्शनी

भक्तपुर, २० फागुन । भक्तपुरको गठ्ठाघरस्थित अर्बिट इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलले विद्यार्थी र शिक्षकले बनाएका सामाग्रीको प्रदर्शनी गरेको छ ।

शनिबार भएको ‘दोस्रो अर्बिट स्टिम फेस्ट, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण’ कार्यक्रममा ७३ वटा वस्तुको प्रदर्शनी गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुले ७ थरिका परिकारहरु राखेर ‘खाना महोत्सव’ पनि मनाएका थिए । त्यस्तै विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीले आफ्नो नृत्य प्रस्तृत गरेर अभिभावकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा ४ सय भन्दा बढि अभिभावकको उपस्थिति रहेको स्कुलले जनाएको छ ।

:400 Views

Leave a Reply