इ.जि पायोनियरको रजत महोत्सव सम्पन्न

भक्तपुर । इ.जि पायोनियर स्कुल इताँछेको रजत महोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । २०५० माघमा स्थापित सो विद्यालयले स्थापनाको २५ वर्षमा आफ्ना धेरै विद्यार्थीहरु चिकित्सक, इन्जिनियर लगायत स्थापित सरकारी कर्मचारीको रुपमा स्थापित भईसकेको विद्यालयका संस्थापक प्रिन्सिपल बिजेन्द्र ध्वँजुले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा प्रमाणपत्रको लागि नभई आत्मनिर्भर र स्वावलम्वी बनाउने हुनुपर्ने कुरामा जोड दिए । उनले भक्तपुर नगरलाई साँस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र ज्ञान–विज्ञानको केन्द्र बनाउने उद्देश्य बोकेको र भक्तपुरको शिक्षा, संस्कृति, सम्पदा, भाषा आदिमा दक्ष बनाउन भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागु गरेको पनि बताए ।
भक्तपुर नपा वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाको चौथो नगरसभाले नगरक्षेत्रमा स्थायी बसोबास गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीका लागि ५ लाख रुपैयाँसम्मको सहुलियत ऋण प्रदान गर्ने विधेयक पारित गरेको बताए ।
कार्यक्रममा इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, प्याब्सनका उपाअध्यक्ष चन्द्र अधिकारी, प्याब्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, शिक्षक पारसमणि खतिवडा, रवि भारतीलगायतले शुभकामना बोलेका थिए ।
रजत महोत्सवको अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक, विद्यालयका शुभचिन्तक, सहयोगी, पत्रकार, संघसंस्था लगायतलाई सम्मान गरे । कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीको साथै विभिन्न प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव