शिवरात्रीमा ग्रामरका स्काउटको सेवा

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको अर्काे ठुलो पर्व महाशिवरात्रीको अवसरमा सोमबार कोटेश्वर महादेवस्थान मन्दीरमा लागेको धार्मिक मेला व्यवस्थापन गर्न ग्रामर पब्लिक स्कूल अन्र्तगतको ग्रामर स्काउट ट्रुपका ५ दर्जन स्काउट खटिए ।
विद्यालयका स्काउट गुरु एवम् जिल्ला स्काउट भक्तपुरका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा विहान ७ देखि दिउँसो २ बजेसम्म अलग अलग २ समूहमा स्काउटहरु खटिएका थिए ।
स्काउटहरुले दर्शनार्थीहरुको सेवा सुविधाका लागि लाइन व्यवस्थापन, जल प्रसाद वितरण तथा मन्दीर हातामा भएको फोहोर व्यवस्थापन तथा आवश्यक पर्ने भक्तजनका लागि प्राथमिक उपचार समेतको व्यवस्था गरेको थियो ।
ग्रामर स्काउट ट्रुपमा आवद्ध स्काउटहरुले कोटेश्वर महादेव मन्दीरमा लाग्ने महाशिवरात्री मेलादेखि सरस्वती पुजा, तिजलगायतमा स्वयमसेवा गर्दै आएका छन ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव