दक्षिणकालीका विद्यार्थीलाई हङकङको लुगा

काठमाडौं । दक्षिणकाली नगरपालिका ८ छैमलेस्थित श्रीकृष्ण माविमा अध्ययनरत ३० जना विपन्न विद्यार्थीलाई हङकङबाट उपहारमा आएको न्यानो लुगा वितरण गरिएको छ ।
नेपाल अष्ट्रेलिया फ्रेण्डशिप एशोसियसन (नाफा) का अष्ट्रेलियन सदस्य इ.डेविड एन. ब्राउनले नेपाल आउने क्रममा हङकङबाट ती न्यानो लुगा संकलन गरेर ल्याएका थिए ।
हङकङबाट संकलन गरि ल्याएको न्यानो लुगाहरु डेविडले विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुल मध्यपुर थिमीका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिलाई वितरण गर्न भनेर छोडेर गएका थिए ।
प्रिन्सिपल प्रजापति मार्फत श्रीकृष्ण मावि छैमलेका प्रधानाध्यापक अमृतमान श्रेष्ठलाई हस्तान्तरण गरिएको ती न्यानो लुगाहरु म्ांगलबार विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव