एसईईका विद्यार्थीलाई परामर्श

भक्तपुर । यसवर्ष एसईई दिने तयारीमा रहेका विद्यार्थीलाई मंगलबार भक्तपुरमा परामर्श दिइएको छ । जिल्लाका विभिन्न स्कुलका सयौं विद्यार्थीलाई विभिन्न विषयका विषय विज्ञहरुले परामर्श दिएका हुन् । जिल्लाका विभिन्न १३ वटा स्कुलहरुबाट सहभागी तीन सय ७७ जना विद्यार्थीलाई तीन जना विषय विशेषज्ञले परामर्श गरेका हुन् ।
युवा परिचालन गरी समाजमा व्याप्त रहेका समस्याहरुलाई समाधान गर्न सहयोग पुयाउने उद्देश्यका साथ स्थापित युवा जागृति समाज भक्तपुर २ नेपालको आयोजनामा भएको काउन्सुलिंग एण्ड ओरेन्टेशन फर एसईई एपिरेन्स स्टुडेन्ड्स (एसईईमा सहभागी विद्यार्थीका लागि परामर्श तथा प्रशिक्षण) कार्यक्रममा गणित विषयका विशेषज्ञ एनवी खाताखो, विज्ञान विषयका विशेषज्ञ जयानन्द कपाडी र एजुकेशन रिभ्यु अफिस सानोठिमी भक्तपुरका डाइरेक्टर नारायण झाले परामर्श गरेका थिए ।
एसईई दिने विद्यार्थीलाई केही उपयोगी होस् भनेर प्रत्येक वर्ष जस्तै यो वर्ष पनि कार्यक्रम गरेको आयोजक समाजका कार्यक्रम निर्देशक उमेश दुवालले बताए । कार्यृक्रमका लागि सिवर्ड इन्टरनेशनल कलेज र एसईआई ब्रिज कोर्षले सहयोग गरेको उनले जनाए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव