‘म निजी विद्यालयका लागि सरकारसँग नीतिगत लडाई लड्छु’

मेरो खुल्ला उपाध्यक्षबाट जाने ठाउँ नै वरिष्ठ उपाध्यक्ष हो । तर सहमतिको हिसाबले साथीलाई छोड्नुपरेमा सोही पदमा दोहोर्याउन पर्ने पनि हुन सक्छ । पदीय हिसाबले जिल्ला अध्यक्ष, क्षेत्रीय उपाध्यक्ष, केन्द्रिय सदस्य हुँदै अहिले केन्द्रिय खुल्ला उपाध्यक्ष भएको छु । प्याब्सनले राज्यसँगको धेरै मुद्धाहरू खेपेको छ । मैले ती मुद्धाको ४ वटा ऐजेण्डालाई जित हासिल गराउन मद्धत गरेको छु । मेरा प्रतिबद्धताहरू मेरो मान्यता भनेको नै कुनै पनि संस्था विधि विधान, नीति नियमभित्र चल्नुपर्छ भन्ने हो । हाम्रो संस्था पनि यसरी नै चलाऔँ । हामीले अहिले जुन तहको शिक्षा प्रदान गरिरहेका छौँ त्यसमा नयाँ अर्थात् स्मार्ट प्रविधिको प्रयोग गर्ने वातावरण सृजना गर्नेछु । अन्तराष्ट्रिय स्कुल वा कलेजहरूसँग अन्तक्र्रिया गरेर विभिन्न कुराहरूको आदानप्रदान गर्न सक्छौँ । म निजी विद्यालयको हितका लागि सरकारसँग नीतिगत लडाई लड्न सक्छु ।
:444 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव