सांगठनिक हितको लागि काम गर्नेछु

छिटो अगाडि बढेर संगठनबाट अवकाश लिने नभई बिस्तारै अगाडि बढ्ने मान्यताका साथ सोही पद दोहोर्याउने सोचेको छु । १९ वर्षको शैक्षिक यात्रामा म २ पटक जिल्लामा सचिव, जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य हुँदै केन्द्रिय उपाध्यक्ष भएको छु । जिल्लामा हुँदा आफ्नो कार्यकालमा भवन निर्माण गरेर प्याब्सनलाई भवन हस्तान्तरण गर्न सफल भएको छु । जिल्लामा बस्दा हाम्रा निजी विद्यालयका हरेक समस्या समाधान गर्न हामी सफल भएका थियौँ । केन्द्रिय प्याब्सनमा बस्दा पनि केन्द्रले भनेका सम्पूर्ण जिम्मेवारीहरूलाई पूरा गर्दै अगाडि बढेको छु । मेरा प्रतिबद्धताहरू निजी विद्यालयलाई गरिएका विभेदकारी कुराहरू जस्तै ४५ प्रतिशत छात्रवृत्ति, अनिवार्य तथा निःशुल्क शिक्षा, सामाजिक सुरक्षाका विषय, उच्च शिक्षा आयोगले पास गर्न लागेको प्रतिवेदनका विषयमा हाम्रो संगठनलाई हित हुने गरि अघि लाने प्रयास गर्नेछु । प्याब्सनका साथीहरूको शिर उच्च राख्ने र विभेदकारी कुराहरूलाई समाधान गर्ने पहल गर्नेछु ।
:425 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव