प्याब्सनमा आउने समस्यासँग जुध्न मेरो उम्मेदवारी

कोषाध्यक्ष भएपछि मैले २८ करोडको बजेट पेश गरेको थिएँ । त्यो बजेटमा हाम्रो २५ आना जग्गा, सो जग्गामा १५-१६ करोडको घर बनाउने र २ करोडको ऋण तिरेर अन्य कार्य गर्ने योजना गरिएको थियो । त्यसमा लगभग ८ करोडको काम सकेर हामीसँग २० करोड बजेट बाँकी छ । मैले आफूले सकेसम्म काम गरेँ ।

प्याब्सनको स्थापनाकालदेखि नै म प्याब्सनमा लागि रहेको छु । वि.स.२०६४-६६ सालबाट ललितपुर प्याब्सनको सदस्य हुँदा ईश्वर गुरुङ अध्यक्ष थिए । द्वन्द्वकालको असर भएको विद्यालयको सुरक्षाको जिम्मेवारी मैले लिन्थेँ । विभिन्न कुरामा संस्थाका साथीहरूलाई आर्थिक सहयोग र परिश्रमिक सहयोग गरिरहेको छु ।

मेरो उम्मेदवारी उपाध्यक्ष पदको लागि हुने छ । त्यसमा म दत्तचित्त भएर लाग्ने छु । भविष्यमा आउने समस्याहरूलाई समाधान गर्न जोड दिनेछु ।

:387 Views

Leave a Reply