‘संगठनलाई मजबुत बनाउँछु’

संस्थागत विद्यालयहरूमा रहेका विविध समस्याहरूलाई चिर्नको निमित्त र सांगठनिक धारलाई दरिलो बनाउन म महासचिवमा उठेको छु । म संगठनलाई मजबुत, एक ढिक्का बनाएर अघि बढ्नेछु ।
२०४७ साल पुष १ गते मेरो विद्यालय र सोही वर्ष पुसको २३ गते प्याब्सनको स्थापना भएको थियोे । २०४७ माघ १७ बाट सदस्य भएर विधिगत रूपमा यसमा लागि रहेको छु । शुरुदेखि पाचौँ महाधिवेशनसम्म आउँदा, प्याब्सनमा २०० जति मात्र विद्यालयहरू हुन्थे । ति विद्यालयहरूबाट महाधिवेशन नेतृत्वमा कुनै रोकतोक थिएन ।
सातौँ जिल्ला महाधिवेशन वि.स २०५७ सालमा जिल्ला कार्यसमितिमा प्रवेश गरेको थिएँ । २०५७ सम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि, ५७ बाट ५९ सालसम्म ललितपुर जिल्ला कार्य समितिको सदस्य, ५९ बाट ६१ सम्म ललितपुर प्याब्सनको सचिव रहेको थिएँ । त्यसप्रश्चात ललितपुर प्याब्सन जिल्ला अध्यक्ष, प्रमुख सल्लाहकार, २ पटक केन्द्रिय कोषाध्यक्ष हुँदै खुल्ला उपाध्यक्षसम्म आइपुगेको छु । पूरै २८ वर्ष एक महिना समय प्याब्सनलाई दिइसकेको छु ।
महासचिव भनेको संगठन प्रमुख हो । त्यो हुनाले ७३ वटा जिल्लाहरूलाई एक ढिक्को बनाउने र छाता संगठनमा रहेको विद्यालयको हक हित अनि निजी विद्यालयको लगानी, त्यसको अस्तित्व, त्यसको निरन्तरता र त्यसको संरक्षणमा जोड दिनेछु । मूलत अहिले देखिएको जिल्ला, प्रदेश र स्थानीय तहमा आउने शिक्षाका जुन नियमहरू, विनियमहरू कानूनहरू बनाउने कुरामा सक्रिय रहने प्रतिवद्धता जाहेर गरेको छु ।
एउटा संगठनमा महासचिव पद भनेको शरीरको रक्त संचार हो । रक्तसंचार भएन भने मान्छे नीर्जिव हुन्छ । संगठनमा सांगठनिक क्रियाकलापहरू भएन भने संगठन अघि बढ्न सक्दैन । त्यहि भूमिका मैले प्याब्सनलाई दिने सोचेको छु ।
म महासचिव भएँ भने संगठनलाई मजबूत बनाउँछु । सबै तहका विचारलाई समावेश गरेर लाने छु । सबै निजी विद्यालयको पेशागत हक हितको लागि काम गर्नेछु ।
प्याब्सनमा संगठनिक कुराहरू, अतिरिक्त क्रियाकलापहरू, विभिन्न शेयरसभा, सम्मेलन गरेर, आर्थिक सबलीकरण गरेर संगठनलाई बलियो बनाउनु पर्छ ।
:484 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव