‘निजी विद्यालयको सुरक्षा र समृद्धिको लागि मेरो उम्मेदवारी’

वि.सं २०५८ सालबाट अहिलेसम्म म प्याब्सनमा आबद्ध रहेको छु । जिल्ला कार्यसमितिको साधारण सदस्य हुँदै जिल्लाको कोषाध्यक्ष, जिल्ला उपाध्यक्ष, जिल्ला अध्यक्ष, २ कार्यकाल केन्द्रिय सचिवालय सदस्य र अहिले केन्द्रिय सचिवसम्म आइपुग्दा मैले संगठनलाई बलियो बनाउने काम गरेको छु ।

आफुसँग भएको अनुभवलाई प्रयोग गरेर संगठनलाई मजबुत, प्रभावकारी र बलियो बनाउनको लागि मेरो सक्रियता रहनेछ ।

म यो पदमा चुनिएँ भने संगठनले प्याब्सनमा लामो समयसम्म काम गरेको अनुभवी विज्ञ पाउने छ । संगठनको उद्देश्य, प्रतिष्ठा र संगठनमा आवद्ध हुने सम्पूर्ण सदस्य विद्यालयहरूको सुरक्षा, सम्वद्र्धन र प्रगतिको लागि मेरो उम्मेदवारी हो ।

:542 Views

Leave a Reply