प्याब्सनलाई आर्थिक रूपमा सबल बनाउन मेरो उम्मेदवारी

हाल प्याब्सनको आर्थिक अवस्था अलि कमजोर देखिएको छ । त्यसो हुनाले दुई वर्ष सहकोषाध्यक्ष र दुई वर्ष कोषाध्यक्ष गरेर कम्तीमा ४ वर्षमा संगठनलाई आर्थिक रूपमा सबल बनाउने मेरो आन्तरिक योजना छ । यसैलाई लिएर अगाडि बढ्ने सोचमा छु ।
म कलम चलाउनमा रुचि राख्छु र विधानका विषयमा पनि ज्ञान छ । मैले वि.स. २०४७ सालदेखि २०५७ सालसम्म प्याब्सन के हो भनेर अप्रत्यक्ष रूपमा र त्यसपश्चात प्रत्यक्ष रुपमा हेरेको छु । प्याब्सनको आर्थिक प्रशासनमा समस्या हुने, एउटा निश्चित मार्ग निदर्शन नहुने, खाका नहुने जस्ता संगठनका अनेकौं समस्याका विषयमा मैले केही गर्ने योजना लिएको छु । यी योजनाहरु मैले भक्तपुर प्याब्सनको कोषाध्यक्ष हुँदा नै बनाएको थिए ।
केन्द्रिय प्याब्सनले अहिलेसम्म एउटा भवन बनाउन सकेको छैन । प्याब्सनलाई आर्थिक रूपमा सबल बनाउन मेरो सहकोषाध्यक्षमा उम्मेदवारी हो । देशभरका निजी विद्यालय तथा प्याब्सनलाई आर्थिक रूपमा सक्षम भनी स्थापित गराउँछु भन्ने मेरो योजना छ ।
:469 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव