‘मेरो उम्मेदवारी सबल र सक्षम समूह निर्माणका लागि’

मैले ललितपुर प्याब्सन जिल्ला सदस्यको रुपमा योजना बनाउँदा जिल्ला तहका उद्देश्यलाई हासिल गर्ने गरी कार्यक्रम बनाउने, तिनको कार्यान्वयनका र विचार निर्माणका लागि विभिन्न कार्यहरु गरेको छु ।
त्यस्तै प्याब्सनको केन्द्रिय सदस्य र एक कार्यकाल केन्द्रिय सचिवका रूपमा कार्य गर्दा गुणस्तरीय शिक्षाको पक्षमा वैचारिक वहस गर्ने काममा सक्रिय भूमिका निर्वाह गरेको छुँ । शिक्षामा बन्दै गरेका विभिन्न नीतिहरू निर्माणका सन्दर्भमा प्याब्सनको प्रतिनिधित्व गर्दै समन्वयकारी भूमिका खेल्ने काम पनि गरेँ।
मेरो उम्मेदवारी सबल र सक्षम समूह निर्माणका लागि हो । संगठनलाई थप प्रभावकारी बनाउन, संगठित गर्दै जान, क्रमशः नेतृत्वमा अगाडि बढ्नुपर्छ । म कोषाध्यक्ष पदका लागि तोकिएका जिम्मेवारीहरू सफलताका साथ सम्पन्न गर्नका लागि आफूलाई योग्य ठान्दछु ।
अहिलेको विद्यालय शिक्षामा निजी क्षेत्रका मुद्धाहरूलाई मैले सुक्ष्म रुपमा बुझेको छु । मैले आम सदस्य विद्यालयहरूको भावनाको प्रतिनिधित्व गर्न सक्दछु । म सदस्य विद्यालयहरू र प्याब्सनिष्ट साथीहरूसँग निकट सम्पर्कमा छु । प्याब्सनका साथीहरू र विद्यालयहरूको सुख दुःखमा सहभागी भएको छु । गाउँ गाउँका विद्यालयहरूमा पुगेको छु । सहजता र प्रतिकुलताहरू भोगेको र अनुभव गरेको छु ।
मैले निजी क्षेत्रका चुनौती र संभावनाहरूको आकलन गरेको छु । तथ्यगत हिसावले यसलाई बुझेको छु । यो कारण मैले कोषाध्यक्ष पदको गरिमा र भूमिकालाई बढाउन सक्दछु । सो पद र प्याब्सनलाई न्याय गर्न सक्दछु ।
मेरा प्रतिबद्धताहरू
१. संगठनको आन्तरिक जीवनलाई थप प्रभावकारी, पारदर्शी तथा सदस्यहरूले आत्मीयता महसुस गर्ने गरी विकास गर्ने
२. आर्थिक क्षमता विकास, अनुशासन, पारदर्शिता र सवलीकरण गर्ने
३. संगठनका मुद्धाहरूमा थप स्पष्टता कायम गर्दै गुणस्तरीय शिक्षाको पर्यायवाची निजी क्षेत्रको दायरा र जिम्मेवारी वढाउन सरकारसँग समन्वय र सहकार्य गर्ने
४. स्मार्ट निजी विद्यालय, स्मार्ट प्याब्सन, स्मार्ट विद्यार्थीको अवधारणा संचालन गर्ने
५. योग्य शिक्षकको उत्पादन तथा व्यवस्थापनका लागि विश्वविद्यालय तथा तालिम प्रदायक संस्थाहरूसँग समन्वय गरी शिक्षक तालिम, व्यवस्थापन तथा आपूर्तीका लागि काम गर्ने
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव