प्रभावशाली प्याब्सनको लागि मेरो उम्मेदवारी

१४ औँ महाधिवेशनले यस्तो कार्यसमितिको चयन गर्नुपर्छ जसले हजारौँ प्याब्सनिष्टहरूले मेहेनत गरेर कमाएको निजी सम्पत्ति जुन निजी विद्यालयमा लगानी भएका छन् त्यसको सुरक्षा गर्न सक्नुपर्छ ।

चुस्त, दुरुस्त काम गरेर सरकारसँग वार्ता गरेर हाम्रा विद्यालयका समस्याहरूलाई समाधान गर्न सक्ने कार्यसमिति चाहिन्छ ।

मैले १२ औँ महाधिवेशनमा साथी र संगठनका लागि सचिव पद छोडेर सदस्यमा गएँ । त्यस्तै १३ औँ महाधिवेशनमा पनि मैले यो पटक महासचिव हुने सहमतिमा उपमहासचिवको उम्मेदवारी छोडेको थिएँ ।

महासचिव र अध्यक्षको धेरै जिम्मेवारी रहन्छ । प्याब्सनलाई अझ व्यवस्थित र समयानुकुल रूपमा अघि बढाउन महासचिवको भूमिका महत्त्वपूर्ण हुने भएकाले मैले यही पदमा रही प्याब्सन र सदस्य विद्यालयको हकहितको लागि काम गर्ने योजना बनाएको छु ।

देशभित्र, देशकै नियम कानून अनुरूप आफ्नो व्यवसाय अघि बढाइरहँदा पनि देशले दिने कतिपय सुविधाहरूबाट बंचित हुन पर्नु हाम्रो आजको वाध्यता हो । यस्तो अवस्थाको अन्त गर्न सकृय जिम्मेवारीको लागि मैले यो पद रोजेको हुँ । 

मेरा प्रतिबद्धताहरू 

१. निजी विद्यालयमा प्राविधिक शिक्षा ल्याउनका लागि पहल गर्ने

२. ४५ प्रतिशत आरक्षण छात्रवृत्ति, निःशुल्क तथा अनिवार्य शिक्षाका कुराहरू, सामाजिक कोष जस्ता अहिलेका समस्याहरूलाई समाधान गर्ने

३. निजी विद्यालयको लगानी संरक्षण गर्ने

४. निजी क्षेत्रलाई एकजुट बनाउने

५. निजी विद्यालयमैत्री नीति निर्माणमा पहल गर्ने

६. आफ्नो संगठनको कार्यालय भवन बनाउने र सांगठनिक क्षमता अभिवृद्धि गर्ने

७. नीतिगत कुराहरूलाई सहज ढङ्गबाट लाने

 

:192 Views

Leave a Reply