विद्यालयको गुणस्तर बृद्धि गर्नु आवश्यक

अधिकांश साथीहरु आफुभन्दा माथिल्लो पद राम्रो हुन्छ भन्दै हालको पदभन्दा माथिल्लो पदमा जाने लहर चलिरहेको छ । तर म सचिव पदमा नै दोहोर्याउन चाहन्छु । वि.स. २०६४ सालबाट २ कार्यकाल भक्तपुर जिल्लाको उपाध्यक्ष भएर काम गर्दा निजी विद्यालयले आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटनको विकास गर्नुपर्छ र जिल्लालाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्ने नाराका साथ काम गरे र त्यस लगतै जिल्ला अध्यक्ष भए । एक कार्यकाल सचिव हुँदा आफ्ना योजना बनाएको हुन्छु । त्यस योजना अनुसारको काम सम्पन्न नभइदिदाँ आफु असन्तुष्ट भई सोहि पदमा रहि पहिलाको भन्दा राम्रो गर्ने सोचमा छु । मानिसहरु अरुलाई हराएपछि आफु जितिन्छ भन्ने सोच्छन् तर म आफुले आफैलाई जिताउनुपर्छ भन्छु । जापानिज शब्द ‘काइजियन’ अर्थात् निरन्तर सुधार, म त्यसमा विश्वास गर्छु । र त्यसै अनुरुप काम गर्नेछु ।
मेरो प्रतिबद्धताः
१. आफुलाई राम्रो बनाउने
२. विद्यालयको गुणस्तर सुधार गर्ने
३. शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या घटाउने
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव