प्याब्सनको नयाँ अध्यक्षमा टिकाराम पुरी

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ महाधिवेशनले टिकाराम पुरीको अध्यक्षतामा केन्द्रीय प्याब्सनको नयाँ कार्यसमिति चयन गरेको छ।
यही फागुन २८ र २९ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित १४ औँ महाधिवेशनमा डि.के. ढुङ्गानासँग प्रतिस्पर्धा गर्ने ठानिएका टिकाराम पुरीले केन्द्रीय प्याब्सनको आगामी २ वर्षे बागडोर सम्हाल्ने अभिभारा सर्वसम्मतिबाट पाएका हुन्। महाधिवेशन शुरु हुनु पहिल्यै चुनावी सरगर्मी बढेतापनि कार्यक्रमको अन्तिम दिन सबैले सहमतिमा आउने निर्णय गरेसँगै टिकाराम पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा भएको हो।
सह—अध्यक्षमा डि.के. ढुङ्गाना, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा इश्वरबहादुर गुरुङ, टिआर ढकाल, दिपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य, भरतबाबु कँडेल, महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आर.वि. कट्वाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने, सचिवहरूमा मधु लोहनी, भिमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास, शिव कार्की, कोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का, गणेशबाबु पोखरेल चयन भएका छन् । सल्लाहकारमा आशिष श्रेष्ठ, प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जनलाई चयन गरिएको छ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव