हिमालयन ग्लोरीमा परम्परागत सामग्रीको प्रदर्शनी

भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा परम्परागत रुपमा प्रयोग गरिने उपकरण तथा सामानहरुको प्रदर्शनी भएको छ । विद्यार्थीहरुलाई परम्परागत सीप, कौसल, प्रविधि एवं सामानहरुको परिचय गराउने उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा यो प्रर्दशनी भएको हो । विशेषतः भक्तपुर नगरभित्रका नेवार समुदायले प्रयोग गर्ने परम्परागत सामानहरु प्रदर्शनीमा राखिएको विद्यालयको अतिरिक्त क्रियाकलाप समिति संयोजक पुष्पा प्रजापतिले जानकारी दिनुभयो । प्रयोगमा नल्याइएका सामानहरु विद्यालयमा देख्दा एवं प्रत्यक्ष रुपमा अनुभव गर्दा विद्यार्थीहरुले राम्रो एवं रमाइलो अनुभव गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव