विनायकका कक्षा ६ का विद्यार्थीहरूद्धारा सहयोग

भक्तपुर । मध्यपुर ठिमी अवस्थित विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूले समाजसेवा र मानवसेवाका क्षेत्रमा नयाँ कार्यको थालनी गरेका छन् ।
यसै सिलसिलामा मध्यपुर ठिमी मै अवस्थित सिबिआरु संस्थाद्धारा सञ्चालित विद्यालयका विद्यार्थीहरूलाई खाजा तथा स्टेशनरी सामाग्री वितरण गरिएको थियो । शिक्षा, सभ्यता र संस्कार विद्यालयको मूलमन्त्र रहेको उक्त विद्यालयमा विद्यार्थीहरूले आफूले खाने खाजाबाट केही पैसा बचत गरेर तथा जन्मदिनको अवसरबाट केही रकम संकलन गरेर सो उदाहरणीय कार्य गरेका हुन् । वर्ग शिक्षिकाहरूको संयोजन तथा विद्यालयका प्र्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति स्वयं उपस्थित भई मानवीय सेवाबाट अभिप्रेरित हुर्दै सो संस्थाद्धारा संञ्चालित विद्यालयका विद्यार्थीहरूलाई सानो सहयोग गर्न सफल भएको प्रिन्सिपल प्रजापतिले बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव