एसईई दिने विद्यार्थीहरूका लागि परामर्श कार्यक्रम

भक्तपुर, विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुल, मध्यपुर ठिमीको पहलमा 4S Educational Nepal, SEI, सल्लाघारी र विद्यार्थी पब्लिकेशनको संयुक्त आयोजनामा भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत एसईईमा सहभागी विद्यार्थीलाई परामर्श तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका २१७ जना विद्यार्थीहरू सहभागी भएका थिए । 4S Educational Nepal का अध्यक्ष तथा विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा गणित विषयका विषयविज्ञ एन.बि.खाताखो तथा विज्ञान विषयका विशेषज्ञ जे.पि.श्रीवास्तवद्वारा एसईई परीक्षामा गणित र विज्ञान विषयमा कसरी उत्कृष्ट अङ्क ल्याउने, विषयसँग सम्बन्धित समस्याहरू कसरी समाधान गर्ने, अब बाँकी रहेका दिनहरूलाई कसरी उपयोग गरी ग्रेडवृद्धि गर्ने भन्ने विषयमा विद्यार्थीहरूलाई परामर्श दिइएको थियो । कार्यक्रममा विनायक स्कुलका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले एसईई फलामको ढोका नभएर उज्जवल भविष्यको द्धार भएकाले सबैलाई उत्कृष्ट ग्रेडका साथ सफलताको शुभकामना दिएका थिए । त्यस्तै SEI का प्रबन्धक अंगद महतोले एसईई पछाडिको समयलाई सदुपयोग गर्नसके भोलिको भविष्य अझ उज्ज्वल हुने कुरामा जोड दिए ।
:428 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव