लोप भइसकेको खेल डण्डिबियोको प्रशिक्षण

भक्तपुर । पूर्व राष्ट्रिय खेलको मान्यता पाएको डण्डिबियो खेललाई ब्युँताउने उद्देश्यले भक्तपुरमा सो खेलको प्रशिक्षण भएको छ ।
परम्परादेखि खेलिँदै आएपछि पछिल्लो समयमा लोप हुने क्रममा रहेको उक्त खेलबारे नयाँ पुस्तालाई जानकारी दिन भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलले विद्यार्थीलाई प्रशिक्षण दिएको हो ।
विद्यालयले विद्यालयका विद्यार्थीलाई परम्परागत खेलहरुबारे जानकारी दिएर सो खेलको महत्वबारे बुझाउन प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले जानकारी दिए । ‘ बाजे बराजुको पालादेखि खेलिँदै आएको यो खेलको महत्व छ, अहिलेका बालबालिकाहरु बाहिरी वातावरणमा नभई मोबाइलमै मात्र झुम्मिएका छन्, त्यसले उनीहरुलाई एकोहोरो बनाएको छ, त्यसलाई कम गर्न पनि यो खेलको प्रशिक्षण दिइएको हो ।’
प्रिन्सिपल कोजूका अनुसार प्रशिक्षणमा कक्षा ६ देखि माथिका छात्र तथा छात्राहरुको उपस्थिति रहेको थियो । उनले डण्डिबियो खेलको बारेमा अहिलेका विद्यार्थीले थाहा पाएपछि निक्कै रमाएको बताए ।
विद्यार्थीहरुलाई राष्ट्रिय डण्डिबियो संघका केन्द्रीय अध्यक्ष मोतीराम फुयाँलले डण्डिबियो खेलको इतिहास, खेल विधि र नियमबारेमा जानकारी दिएका थिए । उनले डण्डिबियो खेल विभिन्न आधुनिक खेलको विकाससँगै ओझेलमा पर्दै गएकोमा चिन्ता जनाए ।
खेलले मनोरञ्जन, शारिरीक तन्दुरुस्ती प्रदान गर्नुका साथै अनुशासित बनाउने बताउँदै डण्डिबियोले विद्यार्थीको बौद्धिक क्षमताको विकासमा समेत टेवा पुग्ने बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव