गोल्डेन गेटको मन्टेश्वरी तहको अभिभावक दिवस सम्पन्न

भक्तपुर, १ चैत्र । महाकालीस्थानस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले आफ्नो ३२औं वार्षिकोत्सव तथा मन्टेश्वरी तहको अभिभावक भेला २०७५ सम्पन्न गरेको छ । अभिभावकहरुको व्यापक उपस्थितीमा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जन विशेष अतिथि रहेका थिए । कार्यक्रममा प्लेग्रुपदेखि एसकेजीसम्मका सम्पूर्ण विद्यार्थीहरुको राईम्स, नृत्य, गीत, रोल–प्ले, स्पीच, स्पेशल ट्यालेन्ट, प्रोफेशनल परेड, आदि जस्ता विविध प्रस्तुती रहेको थियो भने प्रस्तुती दिने हरेक विद्यार्थीहरुलाई प्रमुख अतिथि हरिराम सुवाल तथा संस्थापक निर्देशक अञ्जु जोशीबाट मायाको चिनो प्रदान गरिएको थियो ।
गोल्डेन गेट वर्ष शिक्षक सम्मान कार्यक्रम अन्तर्गत प्रमुख अतिथि तथा विशेष अतिथिबाट प्रिस्कूलका शिक्षिकाहरुलाई विभिन्न टाईटल अवार्ड र लगातार २० वर्षभन्दा बढि सेवारत सिनियर प्रिस्कूल शिक्षिका कमला नेपाललाई गोल्डेन डबल डिकेड सर्भिस अवार्डबाट सम्मानित गरियो । कार्यक्रममा हास्यकलाकार प्रदीप पाठक “नक्कली प्रचण्ड”को विशेष प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल तथा को–फाउन्डर सिङ्ग लामाले पूर्ववाल्यावस्थाको अभिभावनको दूरगामी प्रभावको विषयमा चर्चा गर्दै विद्यालयले अवलम्बन गरेको मल्टिपल इन्टेलिजेन्समा आधारित प्रोजेक्ट–बेस्ड लर्निङ (पिबिएल) र भावी कार्यक्रमहहरुको साथमा मोबाईल एपमा आधारित विद्यालयको डिजिटल सूचना प्रणालीको विषयमा जानकारी दिएका थिए भने विशेष अतिथि राजकुमार महर्जनले अभिभावकमा सकारात्मक सोच, चिन्तन र व्यवहारको प्रभावको विषयमा प्रकाश पारेका थिए । प्रमुख अतिथि वडाध्यक्ष हरिराम सुवालले विद्यालयको पिबिएल मेथड्सको प्रशंसा गर्दै बच्चाहरुको सिकाईमा अभिभावकहरुको भूमिकाको चर्चा गरे । कार्यक्रम विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीको अध्यक्षतामा भएको थियो ।

:852 Views

Leave a Reply